टी-२० विश्वकपमा भारत-पाकिस्तान भिडन्तअघि हात नमिलाउने चर्चा

३ फाल्गुन, २०८२, आइतवार
सारांश
  • भारतीय सञ्चारमाध्यमका अनुसार यस्तो निर्णय पहलगाममा भएको आतङ्कवादी आक्रमणको विरोधमा लिइएको बताइएको छ । गत वर्ष एशिया कपका क्रममा पनि भारतीय टोलीले पाकिस्तानका खेलाडीहरूसँग हात नमिलाएको स्मरण गरिएको छ ।

काठमाडौँ: टी-२० विश्वकपअन्तर्गत भारत र पाकिस्तानबीच हुने महत्वपूर्ण खेलअघि भारतीय खेलाडीहरूले पाकिस्तानी खेलाडीहरूसँग हात नमिलाउने तयारी गरेको खबर सार्वजनिक भएको छ।

 

भारतीय सञ्चारमाध्यमका अनुसार यस्तो निर्णय पहलगाममा भएको आतङ्कवादी आक्रमणको विरोधमा लिइएको बताइएको छ । गत वर्ष एशिया कपका क्रममा पनि भारतीय टोलीले पाकिस्तानका खेलाडीहरूसँग हात नमिलाएको स्मरण गरिएको छ ।

 

कोलम्बोमा साँझ ७:१५ बजे सुरु हुने खेलमा वर्षाले अवरोध पुर्‍याउन सक्ने अनुमान गरिएको छ । मौसम विभागले करिब ५० प्रतिशत वर्षाको सम्भावना देखाए पनि खेलको समयमा वर्षा हुने सम्भावना झन्डै १० प्रतिशत मात्र रहने बताइएको छ । यदि खेल हुन सकेन भने दुवै टोलीले एक-एक अङ्क पाउनेछन् र अतिरिक्त दिनको व्यवस्था गरिएको छैन ।

 

भारत र पाकिस्तान पछिल्लो पटक एशिया कपको फाइनलमा आमनेसामने भएका थिए, जहाँ भारतले ५ विकेटले जित हात पारेको थियो । भारतले सन् २००७ र २०२४ मा टी-२० विश्वकप जितिसकेको छ भने पाकिस्तान सन् २००९ को विजेता रहँदै २००७ र २०२२ मा उपविजेता बनेको थियो ।

 

यसपटक भारतीय ब्याटरहरूका लागि पाकिस्तानी बलर उस्मान तारिकको गति परिवर्तन, कोण र ढिलो बल ठूलो चुनौती बन्ने अनुमान गरिएको छ । शनिबार रातिदेखि नै कोलम्बोमा वर्षा सुरु भएकाले मैदान ढाकेर सुरक्षित राखिएको छ । आइतबार पनि विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना देखिएकाले खेल प्रभावित हुन सक्ने चिन्ता व्यक्त गरिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार