- शनिबार नेपाली राष्ट्रिय क्रिकेट टोलीले वानखेडे स्टेडियममा गरेको अभ्यास गरेपनि रोहित अनुपस्थित भएपछि प्रश्न उठेको थियो ।
काठमाडौँ: नेपाली राष्ट्रिय टिमका कप्तान रोहित पौडेललाई अस्वस्थ्य भएका छन् ।
जारी टी-२० विश्वकप अन्तर्गत आइतबार हुने वेस्ट इण्डिजविरुद्धको खेल अघि कप्तान पौडेल अस्वस्थ भएको राष्ट्रिय टिमका प्रशिक्षक स्टुअर्ट लले जानकारी दिएका छन् ।
खेल अघि शनिबार पत्रकार सम्मेलनमा बोल्दै लले कप्तान रोहितलाई ज्वरो आएको र भोलीको खेलसम्म ठिक हुने विश्वास व्यक्त गरे । उनले भने- 'रोहितलाई ज्वरो आएको छ। उनलाई पेटमा पनि केही समस्या देखिएको छ । तर भोलिको खेलमा उनी ठीक हुने आशा गरेका छौं ।’
शनिबार नेपाली राष्ट्रिय क्रिकेट टोलीले वानखेडे स्टेडियममा गरेको अभ्यास गरेपनि रोहित अनुपस्थित भएपछि प्रश्न उठेको थियो ।
टी-२० विश्वकपमा समुह सी मा रहेको नेपालले यसअघि खेलेका दुवै खेलमा हार बेहोरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’