इङल्याण्डसँग नेपाल ४ रनले पराजित

२०८२ माघ २५ आइतवार
सारांश
  • नेपाली बलर दिपेन्द्र सिंह ऐरी र नन्दन यादवले २-२ विकेट लिए भने शेर मल्ल र सन्दीप लामिछानेले एक एक विकेट लिए ।

काठमाडौँ: नेपाल इङल्याण्डसँग ४ रनले पराजित भएको छ । आइसीसी टी-२० विश्वकप अन्तर्गत समुह सी को खेलमा इङल्याण्डले दिएको १८५ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनाएको थियो ।

 

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ४४, कप्तान रोहित पौडेल र लोकेश बमले ३९-३९ रन बनाए । त्यस्तै कुशल भुर्तेलले २९ र आरिफ सेखले १० रन बनाए ।

 

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको इङल्याण्डले २० ओभरमा ७ विकेट गुमाउदै १८४ रन बनाएको थियो ।

 

इङल्याण्डका लागि ज्याकोब बेथेलले ५५ रन बनाए भने कप्तान ह्यारी ब्रुकले ५३ रन बनाए । त्यस्तै जोस बटलरले २६ रन बनाएका थिए । त्यस्तै विल ज्याक्सले अविजित ३९ रन बनाएका थिए ।

 

त्यसैगरी नेपाली बलर दिपेन्द्र सिंह ऐरी र नन्दन यादवले २-२ विकेट लिए भने शेर मल्ल र सन्दीप लामिछानेले एक एक विकेट लिए ।

 

अब नेपालले फेब्रुअरी १२ मा इटालीसँग खेल्ने छ भने इङल्याण्डले फेब्रुअरी ११ मा वेस्ट इन्डिजसँग खेल्ने तालिका छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार