एम्बाप्पे र असेन्सियोको गोलमा रियल म्याड्रिड विजयी

२०८२ माघ ०४ आइतवार
सारांश
  • स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले लेभान्टेलाई पराजित गरेको छ ।

काठमाण्डौ, ४ माघ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले लेभान्टेलाई पराजित गरेको छ ।

 

शनिबार राति सम्पन्न खेलमा रियल म्याड्रिडले लेभान्टेलाई २-० गोल अन्तरले पराजित गरेको हो । रियल म्याड्रिडको जितमा किलियन एम्बाप्पे र राउल असेन्सियोले एक एक गोल गरेका थिए ।

 

यो जितपछि रियल म्याड्रिडले बार्सिलोनासँगको दुरी कम गरेको छ । रियल म्याड्रिडको २० खेलमा ४८ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै बार्सिलोना १९ खेलमा ४९ अंकका साथ शिर्ष स्थानमा रहेको छ । 

 

त्यसैगरी, लेभान्टेको १९ खेलमा १४ अंक रहेको छ र लिगमा १९औं स्थानमा रहेको छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार