टी–२० विश्वकप क्रिकेट खेल्न जाने पुरुष नेपाली क्रिकेट टोलीको बिदाई

२०८२ माघ ०३ शनिवार
सारांश
  • आगामी फेब्रुअरी–मार्चमा श्रीलंका र भारतमा हुने विश्वकपमा सहभागी हुनु अघि टोलीले अभ्यास खेल खेल्नेछ ।

काठमाडौं: आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने पुरुष नेपाली क्रिकेट टोलीको बिदाई गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिवार विशेष कार्यक्रम गरी आईसीसी टी–२० विश्वकप खेल्ने टोलीलाई बिदाई गरेको हो ।


आगामी फेब्रुअरी–मार्चमा श्रीलंका र भारतमा हुने विश्वकपमा सहभागी हुनु अघि टोलीले अभ्यास खेल खेल्नेछ । सोही क्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले राष्ट्रिय टोलीमा भएको एकरुपता र एकताले नेपाललाई अर्को खुसी दिलाउने कुरामा विश्वस्त रहेको बताएका छन् ।


उनले भने, ‘एकदम शान्त भएर खेल खेल्नु होला, सबैले आफ्नो खेल र प्रदर्शनमा ध्यान दिनुु होला, कहिले काही सानो सानो कुराले हामी पछाडी पर्ने गरेका छौ । तपाईहरुमा भएको एकरुपता र एकताले नेपाललाई अर्को खुसी दिलाउने छ भन्ने कुरामा म विश्वस्त छु ।’


यस्तै, क्यानका सचिव पारस खड्काले पनि विश्व क्रिकेटले खेल हेर्ने भएको हुदाँ खेलाडीको हरेक पक्षले धेरै मान्यता राख्ने भन्दै राम्रो प्रदर्शन गर्नको लागि शुभकामना दिएका छन् ।


उनले भने, ‘पुरुष नेपाली क्रिकेट टोलीको परिणाम सबैभन्दा बढि आकर्षित हुने गरेको छ र त्यो परिणामले नै धेरै कुराहरु निर्धारित गर्ने हुने हुनाले अहिले खेलाडीहरुमाथि जति जिम्मेवारी छ त्यो एउटा खेलाडीको मात्र नभएर विश्व क्रिकेटले नै तपाईहरुलाई हेर्ने हो । खेलमा तपाईहरुको हरेक पक्षले धेरै मान्यता राख्ने छ । खेलको लागि सबैलाई शुभकामना दिन चहान्छु किनभने खेल त्यति सजिलो छैन् ।’


साथै, राष्ट्रिय टोलीका कप्टान रोहित पौडेलले खेलको लागि एकदमै उत्साहित रहेको भन्दै आफ्नो क्षमता अनुसार राम्रो खेल्ने बताए । टोली भोलि भारत प्रस्थान गर्दैछन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार