टी-२० विश्वकप खेल्ने बंगलादेशको टिम घोषणा

२०८२ पुष २० आइतवार
सारांश
  • बंगलादेशको टिममा लिटन दास (कप्तान), तान्जिद हसन, परवेज हुसेन इमोन, सैफ हसन, तौहिद हृदोय, शमीम हुसेन, काजी नुरुल हसन सोहान, शाक महेदी हसन, रिशाद हुसेन, नसुम अहमद, मुस्ताफिजुर रहमान, तन्जिम हसन साकिब, तस्किन अहमद, शैफ उद र शरीफुल इस्लाम रहेका छन् ।

काठमाडौँ : बंगलादेशले आइसीसी टी-२० विश्वकप २०२६ खेल्ने टिमको घोषणा गरेको छ । बंगलादेश क्रिकेट बोर्डले लिटन दासको कप्तानीमा १५ सदस्यीय विश्वकप खेल्ने टिमको घोषणा गरेको हो ।

 

बंगलादेशको टिममा लिटन दास (कप्तान), तान्जिद हसन, परवेज हुसेन इमोन, सैफ हसन, तौहिद हृदोय, शमीम हुसेन, काजी नुरुल हसन सोहान, शाक महेदी हसन, रिशाद हुसेन, नसुम अहमद, मुस्ताफिजुर रहमान, तन्जिम हसन साकिब, तस्किन अहमद, शैफ उद र शरीफुल इस्लाम रहेका छन् ।

 

बंगलादेश विश्वकपको टी–२० विश्वकप खेल्ने समूह ‘सी’ मा नेपाल, वेस्ट इन्डिज, इटाली र इङल्याण्डसँग रहेको छ । बंगलादेशले आफ्नो पहिलो खेल फेब्रुअरी ७ मा वेस्ट इण्डिजसँग खेलेर विश्वकपको शुरुवात गर्दैछ । त्यस्तै बंगलादेशले फेब्रुअरी १७ मा नेपालसँग खेल्ने तालिका छन् ।

 

आइसीसी फेब्रुअरी ७ देखि सुरु हुने पुरुष टी–२० विश्वकपमा नेपालसहित कुल २० देशले सहभागिता जनाउँदैछन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार