- ललितपुर महानगरपालिकाको मुख्य प्रायोजन रहने प्रतियोगितामा पुरुष एकल र महिला एकल खुला, उच्च २० बरियता बाहेकको पुरुष युगल, यु–१७ पुरुष तथा महिला एकल खुला, ४५ बर्ष माथिको मास्टर युगल खुला गरि ६ विधामा करिव ४ सय खेलाडीहरुले प्रतिस्पर्धा गर्ने आयोजकले अनुमान गरेका छन् ।
ललितपुर : ललितपुर ब्याडमिन्टन संघ र बालकुमारी रिमिक्स क्लबको संयुक्त आयोजनामा चौथो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८२ पौष २२ गते बाट हुने भएको छ । पाँच दिन सम्म संचालन हुने प्रतियोगिता ललितपुरस्थित बालकुमारी रिमिक्स क्लबको कभर्डहलमा संचालन हुने छ ।
ललितपुर महानगरपालिकाको मुख्य प्रायोजन रहने प्रतियोगितामा पुरुष एकल र महिला एकल खुला, उच्च २० बरियता बाहेकको पुरुष युगल, यु–१७ पुरुष तथा महिला एकल खुला, ४५ बर्ष माथिको मास्टर युगल खुला गरि ६ विधामा करिव ४ सय खेलाडीहरुले प्रतिस्पर्धा गर्ने आयोजकले अनुमान गरेका छन् ।
तीन संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको यस प्रतियोगितामा यस पटक पुरस्कार रासीमा बृद्धि गरिएको सचिव रदीप महर्जनले जानकारी गराए । अघिल्लो संसकरणमा पुरुष एकल, महिला एकल र पुरुष युगल तर्फ शिर्ष तीन स्थान हासिल गर्नेले नगद ४० हजार, २० हजार र १० हजार प्राप्त गरेकोमा यस पटक पुरस्कार रकममा थप गरि ५० हजार, २५ हजार र १० हजार गरिएको महर्जनले बताए । यस्तै यु–१७ पुरुष तथा महिलाका शिर्ष तीन स्थान हात पार्नेले नगद २० हजार, १० हजार र ५ हजार तथा मास्टर युगल तर्फका बिजेताले नगद ३० हजार, १५ हजार र ७ हजार ५ सय सहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् ।
प्रतियोगितामा सहभागी हुने खेलाडी, प्रशिक्षक र अफिसियलहरुलाई विहानको खाजा तथा खानाको ब्यवस्था आयोजक स्वयंले गर्नेछन् ।
अनुमानित ३२ लाख २० हजार ५ सयको अनुमानित लागत रहेको प्रतियोगिताको पुरस्कार रासी ४ लाख २५ हजार रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।