- इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सी न्यूक्यासल युनाइटेडसँग बराबरीमा रोकिएको छ ।
काठमाण्डौ, ६ पुष । इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सी न्यूक्यासल युनाइटेडसँग बराबरीमा रोकिएको छ ।
गएराती सम्पन्न खेलमा चेल्सी र न्यूक्यासल युनाइटेड २-२ गोलको बराबरीमा रोकिएको हो । चेल्सीले खेलमा २-० ले पछि परेको अवस्थामा दुई गोल गरेर खेलमा फर्कदैँ बराबरी गरेको हो ।
चेल्सीका लागि रीस जेम्स र जोआओ पेड्रोले एक एक गोल गरेका थिए । यसअघि न्यूक्यासल युनाइटेडका लागि दुवै गोल निक वोल्टेमेडले गरेका थिए ।
यो बराबरीपछि चेल्सीको १७ खेलमा २९ अंक भएको छ र लिगमा चौथो स्थानमा रहेको छ । त्यस्तै न्यूक्यासलको १७ खेलमा २३ अंक रहेको छ र लिगमा ११औं स्थानमा रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’