- दुबईस्थित आइसीसी एकेडेमीमा हुने यो खेल नेपाली समय अनुसार बिहान १०: ४५ बजेदेखि शुरु हुने छ ।
काठमाण्डौ, २ पुष । एसीसी पुरुष यू–१९ एशिया कप अन्तर्गत आज नेपालले अफगानिस्तानको सामना गर्दैछ ।
दुबईस्थित आइसीसी एकेडेमीमा हुने यो खेल नेपाली समय अनुसार बिहान १०: ४५ बजेदेखि शुरु हुने छ ।
जारी यू-१९ एशिया कपमा नेपाल र अफगानिस्तान दुवैले लगातार दोस्रो खेलमा हार बेहोरेर प्रतियोगिताबाट बाहिरिएका छन् । त्यसैले यस खेलको नतिजाले कुनै फरक भने पार्ने छैन । नेपाल र अफगानिस्तान दुवै श्रीलंका र बंगलादेशसँग पराजित भएका थिए ।
एकदिवसीय फर्म्याटमा हुने एसीसी यू-१९ एशिया कपमा आइसीसीका पुर्णकालिन सदस्य देश अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान, श्रीलंका, नेपाल र युएई खेलिरहेका छन् ।
समुह ए बाट भारत र पाकिस्तान सेमिफाइनलमा पुगिसकेका छन् भने समुह बी बाट श्रीलंका र बंगलादेश सेमिफाइनलमा पुगिसकेका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले अशोक धामीको कप्तानीमा १५ सदस्यीय यू-१९ टिम युएई पठाएको छ । एशिया कप खेल्ने नेपाली टिममा अशोक धामी (कप्तान), निरज यादव (उपकप्तान), निश्चल क्षेत्री, किब्रिन श्रेष्ठ, दयानन्द मण्डल, दिलसाद अली, नितेश पटेल, चन्दन राम, भान्स क्षेत्री, अभिषेक तिवारी, सहिल पटेल, आशिष लहार, विपिन शर्मा, रोशन विक र युवराज खत्री रहेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।