सुनील गावस्करको निवेदनमा दिल्ली उच्च अदालतको सामाजिक सञ्जाल कम्पनिहरुलाई निर्देशन

२०८२ मङ्सिर २६ शुक्रवार
सारांश
  • लाइभ ल एण्ड बार एण्ड बेन्चका अनुसार, गावस्करले आफ्नो छवि प्रयोग गरेर नक्कली सामग्री पोस्ट गरिएको आरोप लगाउदै कम्पनीहरूलाई यसलाई हटाउन निर्देशन दिन निवेदन दिएका थिए ।

काठमाडौँ :भारतका पूर्व क्रिकेटर सुनील गावस्करले दायर गरेको निवेदनमा दिल्ली उच्च अदालतले सामाजिक सञ्जाल कम्पनीहरू गुगल, मेटा र एक्सलाई निर्देशन जारी गरेको छ ।

 

लाइभ ल एण्ड बार एण्ड बेन्चका अनुसार, गावस्करले आफ्नो छवि प्रयोग गरेर नक्कली सामग्री पोस्ट गरिएको आरोप लगाउदै कम्पनीहरूलाई यसलाई हटाउन निर्देशन दिन निवेदन दिएका थिए ।

 

निवेदनमा सामग्रीमा उनको छवि र नामको दुरुपयोग भइरहेको र यसले उनको व्यक्तित्व अधिकारको उल्लङ्घन गरेको उल्लेख थियो ।

 

न्यायाधीश मनमीत प्रीतम सिंह अरोराले गावस्करलाई ४८ घण्टा भित्र कम्पनीहरूलाई त्यस्ता सामग्रीको यूआरएल उपलब्ध गराउन निर्देशन दिए र सात दिन भित्र उजुरीकर्ताको उजुरीमा कारबाही गर्न निर्देशन दिएका छन् ।

 

गावस्करले वर्तमान भारतीय क्रिकेट टोलीका प्रशिक्षक गौतम गम्भीर र अन्य क्रिकेटरहरूलाई लक्षित गरेर टिप्पणी गरेको झुटो खबर फैलाइएको थियो । यद्यपि, अदालतले पहिले मध्यस्थकर्ताहरूलाई सम्पर्क गर्न र त्यसपछि अदालतले यस विषयलाई अझ बिस्तृतमा हेर्ने बताएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !

अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।

थप समाचार