विराटनगरलाई हराउदै लुम्बिनी लायन्स एनपीएलको फाइनलमा

२०८२ मङ्सिर २५ विहीवार
सारांश
  • लुम्बिनीका बलर तिलक भण्डारीले ३ विकेट लिए भने रुबेन ट्रम्पेलम्यान, जेजे स्मिट र अबिशेस गौतममा २-२ विकेट र शेर मल्लले एक विकेट लिएका थिए ।

काठमाडौं: विराटनगर किंग्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा पुगेको छ । विहिबार सम्पन्न दोस्रो क्वालिफायरमा लुम्बिनीले विराटनगर किंग्सलाई २२ रनले पराजित गरेको हो ।

 

लुम्बिनीले दिएको १३५ रनको लक्ष्य पछाएको विराटनगर १७.५ ओभरमा अलआउट हुदै ९४ रन मात्र बनाएको थियो ।  विराटनगरका लागि साम हीजलेटले सर्बाधिक ३४ रन बनाए भने नरेन भट्टले २१ र मर्चेन्ट डि लांगेले १७ रन बनाएका थिए । विराटनगरका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् । 

 

त्यस्तै लुम्बिनीका बलर तिलक भण्डारीले ३ विकेट लिए भने रुबेन ट्रम्पेलम्यान, जेजे स्मिट र अबिशेस गौतममा २-२ विकेट र शेर मल्लले एक विकेट लिएका थिए । 

 

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाउदै १३४ रन बनाएको थियो । लुम्बिनीका लागि डिआर्ची शर्टले सर्बाधिक ४५ रन बनाए भने कप्तान रोहित पौडेलले ३४, निरोशान डिकवेलाले २९ रन बनाएका थिए । त्यस्तै रुबेन ट्रम्पेलम्यानले ११ रन बनाएका थिए । त्यस्तै विराटनगरका बलर सुबाश भण्डारी र प्रतिस जिसीले ३-३ विकेट लिए भने सन्दीप लामिछानेले २ विकेट लिएका थिए ।

 

यो जितपछि लुम्बिनी लायन्स यस सिजनको फाइनलमा पुगेको छ ।  अब फाइनलमा लुम्बिनीले  सुदूरपश्चिम रोयल्ससँग आगामी शनिबार खेल्ने छ । त्यस्तै हारसँगै विराटनगरको यस सिजनको एनपीएल यात्रा सकिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार