एनपीएलमा आज दुई खेल हुदै

२०८२ मंसिर २०, शनिवार
सारांश
  • आजको खेल ठुलो अन्तरले जितेर दोस्रो स्थानमा पुगे विराटनगर सुदूरपश्चिमसँगै पहिलो क्वालिफायर खेल्ने अवसर रहेको छ ।

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुदैछ ।

 

आज पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच बिहान सवा ११ बजेदेखि खेल हुदैछ । सुदूरपश्चिम र विराटनगर दुवै प्लेअफमा पुगिसकेका छन् । सुदूरपश्चिम शिर्ष स्थानमा रहेको छ र पहिलो क्वालिफायर खेल्ने छ भने विराटनगर हाल तेस्रो स्थानमा रहेको छ । आजको खेल ठुलो अन्तरले जितेर दोस्रो स्थानमा पुगे विराटनगर सुदूरपश्चिमसँगै पहिलो क्वालिफायर खेल्ने अवसर रहेको छ ।  

 

त्यस्तै आज दोस्रो खेल चितवन राइनोज र पोखरा एभेन्जर्सबीच दिउसो ४ बजेदेखि खेल हुने छ । 

 

चितवन र पोखरा दुवै प्लेअफको दौडबाट बाहिरिएकाले यस खेलको नतिजाले कुनै प्रभाव पार्ने छैन ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार