- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक खेल हुँदैछ । आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीच दिउसो ४ बजेदेखि यो खेल हुने तालिका रहेको छ ।
काठमाण्डौ, १९ मङ्सिर । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक खेल हुँदैछ । आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीच दिउसो ४ बजेदेखि यो खेल हुने तालिका रहेको छ ।
जारी एनपीएलमा लुम्बिनी लायन्सको ६ खेलमा ३ जित र ३ हारसहित ६ अंक रहेको छ र हाल चौथो स्थानमा रहेको छ । लुम्बिनीले यो खेलमा जित हासिल गरेमा प्लेअफमा पुग्नेछ । त्यस्तै जनकपुरले भने आजको खेल जितेर आफ्नो प्लेअफको सम्भावनालाई कायमै राख्ने प्रयास गर्ने छ । जनकपुरले ५ खेलमा एक जित र ४ हार बेहोरेको छ ।
रोहित कुमार पौडेलको कप्तानीमा खेलिरहेको लुम्बिनीमा सन्दीप जोरा, विवेक यादव जस्ता राष्ट्रिय खेलाडी छन् भने थोमस ड्राका, डार्सी सर्ट, गुलबदीन नाइब, जेजे स्मिथ र रुबेन ट्रम्पलम्यान जस्ता विदेशी खेलाडी रहेका छन् ।
त्यस्तै राष्ट्रिय टिमका खेलाडी अनिल शासहित आसिफ सेख, ललित राजबंशी जस्ता खेलाडी रहेको जनकपुरमा इमरान ताहिर, वाने प्रनिल, लाहिरु मिलान्था जस्ता विदेशी खेलाडी रहेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’