एनपीएलमा सुदूरपश्चिमको लगातार छैटौं जित, चितवन ४९ रनले पराजित

१८ मार्ग, २०८२, बिहिवार
सारांश
  • चितवनले भने ६ खेलमा केवल २ जित र ४ हारसहित ४ अंक रहेको छ र छैटौं स्थानमा रहेको छ ।

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई पराजित गरेको छ । विहिबार सम्पन्न खेलमा सुदूरपश्चिमले चितवनलाई ४९ रनले पराजित गरेको हो ।

 

सुदूरपश्चिमले दिएको १७० रनको लक्ष्य पछाएको चितवनले १७.१ ओभरमा अल आउट हुदै १२० रन बनाएको थियो ।

चितवनका लागि रवि बोपाराले २९, देव खनालले २८, अर्जुन साउदले १६ र कप्तान कुशल मल्लले १५ रन बनाए । त्यस्तै सुदूरपश्चिमका बलर पुनीत मेहराले ३ विकेट लिए भने दिपेन्द्र सिंह ऐरी, अविनाश बोहोरा र इशान पाण्डेले एक एक विकेट लिए ।

 

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिम रोयल्सले २० ओभरमा ४ विकेट गुमाउदै १६९ रन बनाएको  थियो ।

सुदूरपश्चिमका लागि क्रिस लीनले सर्बाधिक ७५ रन बनाएर रिटायर्ड हर्ट भएका थिए । त्यस्तै आरिफ सेखले अविजित २४ रन बनाए भने कप्तान दिपेन्द्र सिंह ऐरीले अविजित २४ रन बनाएका थिए ।  त्यस्तै विनोद भण्डारीले २१ र पुनीत मेहराले १३ रन बनाएका थिए । त्यसैगरी चितवनका बलर सैफ जैबले २ विकेट लिए भने रन्जीत कुमार र जर्ज स्क्रिमशाले एक एक विकेट लिएका थिए ।

 

यो जितपछि सुदूरपश्चिमले अपराजित रहदै लगातार छैटौं जित हासिल गरेको छ । सुदूरपश्चिम यसअघि नै प्लेअफमा पुगिसकेको छ । त्यस्तै चितवनले भने ६ खेलमा केवल २ जित र ४ हारसहित ४ अंक रहेको छ र छैटौं स्थानमा रहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार