एसीसी यू-१९ प्रिमियर कप: हङकङलाई पराजित गर्दै नेपाल सेमिफाइनलमा

२०८२ मङ्सिर ११ विहिवार
सारांश
  • नेपालले दिएको २७१ रनको लक्ष्य पछाएको हङकङले ४०.५ ओभरमा अल आउट हुदै १५१ रन बनाएको थियो । यस अघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले ५० ओभरमा ७ विकेट गुमाउदै २७० रन बनाएको थियो ।

काठमाडौं : नेपाल एसीसी पुरुष यू-१९ प्रिमियर कपको सेमिफाइनलमा पुगेको छ । नेपालले समुह ए अन्तर्गतको खेलमा हङकङलाई ११९ रनले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

 

नेपालले दिएको २७१ रनको लक्ष्य पछाएको हङकङले ४०.५ ओभरमा अल आउट हुदै १५१ रन बनाएको थियो । यस अघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले ५० ओभरमा ७ विकेट गुमाउदै २७० रन बनाएको थियो ।

 

यो जितपछि नेपालले समुह ए मा दुवै खेलमा जित हासिल गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । नेपालले अब सेमिफाइनलमा मलेसियाको सामना गर्ने छ । सेमिफाइनल खेल शनिबार हुने तालिका रहेको छ ।

 

प्रतियोगिताका शिर्ष तीन देशले डिसेम्बरमा युएईमा हुने यू-१९ एशिया कपमा छनौट हुने छन् । यू-१९ एशिया कपका लागि आइसीसीका पुर्णकालिन सदस्य देश अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका सिधै छनौट भएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार