लुम्बिनीले सुदूरपश्चिमलाई दियो १४४ रनको लक्ष्य

२०८२ मङ्सिर ११ विहिवार
सारांश
  • टस हारेर पहिला ब्याटिंग गरेको लुम्बिनीले १९.४ ओभरमा अल आउट हुदै १४३ रन बनाएको हो ।

काठमाडौँ :नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई १४४ रनको लक्ष्य दिएको छ ।

 

टस हारेर पहिला ब्याटिंग गरेको लुम्बिनीले १९.४ ओभरमा अल आउट हुदै १४३ रन बनाएको हो ।

 

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्बाधिक ३५ रन बनाए भने दिलिप नाथले ३१, डि आर्ची शर्ट र सुमित महर्जनले १८-१८ रन बनाएका थिए ।

 

त्यस्तै सुदूरपश्चिमका बलर अविनाश बोहोरा र हरमित सिंहले ३-३ विकेट लिएका थिए भने हेमन्त धामीले २ र स्कट कुगेलाइनले एक विकेट लिएका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार