घरेलु मैदानमै एभर्टनसँग म्यानचेस्टर युनाइटेड पराजित

२०८२ मङ्सिर ०९ मङ्गलवार
सारांश
  • गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडको घरेलु मैदान ओल्ड तफोर्डमै एभर्टनले १-० गोल अन्तरको रोमाञ्चक जित हासिल गरेको हो ।

काठमाण्डौ, ९ मङ्सिर । इङलिश प्रिमियर लिग अन्तर्गत एभर्टनले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ ।

 

गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडको घरेलु मैदान ओल्ड तफोर्डमै एभर्टनले १-० गोल अन्तरको रोमाञ्चक जित हासिल गरेको हो ।

 

एभर्टनको जितमा खेलको २९औं मिनेटमा कियरम्यान डेवसबरी हलले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

 

यसअघि खेलको १३औं मिनेटमा नै इड्रीसा गुएयले रातो कार्ड पाए पछि एभर्टन १० खेलाडीमा सिमित रहेको थियो ।

 

यो जितपछि एभर्टनको १२ खेलमा १८ अंक भएको छ र लिगमा ११औं स्थानमा उक्लिएको छ । त्यस्तै म्यानचेस्टर युनाईटेडको भने १२ खेलमा १८ अंक रहेको छ र लिगमा दशौँ स्थानमा रहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार