- गएराती सम्पन्न समुह आइ अन्तर्गतको खेलमा इटालीलाई ४-१ गोल अन्तरले पराजित गर्दै नर्वे १९९८ पछि पहिलो पटक विश्वकपमा छनौट भएको हो ।
काठमाण्डौ, १ मङ्सिर । नर्वे १९९८ पछि पहिलो पटक फिफा विश्वकपमा छनौट भएको छ ।
गएराती सम्पन्न समुह आइ अन्तर्गतको खेलमा इटालीलाई ४-१ गोल अन्तरले पराजित गर्दै नर्वे १९९८ पछि पहिलो पटक विश्वकपमा छनौट भएको हो ।
नर्वेको जितमा इर्लिंग हालाण्डले २ गोल गरेका थिए भने एन्टोनियो नुसा र जोर्गेन स्ट्रान्ड लार्सेनले एक एक गोल गरेका थिए । त्यस्तै इटालीका लागि एक गोल फ्रान्सेसको पियो एस्पोसिटोले गरेका थिए ।
यो जितपछि समुह आईमा नर्वेको ८ खेलमा २४ अंक भएको छ र अपराजित हुदै विश्वकपमा छनौट भएको छ । त्यस्तै इटालीको भने ८ खेलमा १८ अंक रहेको छ र समुहमा दोस्रो स्थानमा रहेको छ ।
नर्वेले यस अघि तीन पटक मात्र विश्वकप खेलेको छ । सन् १९३८ पछि १९९४ र १९९८ मा विश्वकप खेलेको नर्वे २७ बर्षपछि विश्वकपमा छनौट भएको हो ।
योसँगै युरोपबाट नर्वेसहित पोर्चुगल, क्रोसिया, इङल्याण्ड र फ्रान्स विश्वकपमा छनौट भएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
काँग्रेसले खुलामञ्चको संरचनाको मर्मत ४५ दिनभित्र गर्ने
-
जेलिन्स्कीभन्दा पुटिनसँग वार्ता गर्न सजिलो छ- ट्रम्प
-
जापानमा ९.९ म्याग्निच्युडको भूकम्प आउने भन्दै गलत चेतावनी, १२ मिनेटपछि फिर्ता
-
अब पार्टीभित्र फोहोर सभा गरेर अगाडी बढ्छौं- गगन थापा
-
दसैँ र तिहारमा वालेटमार्फत दिनमा ५० पटकसम्म रकम जम्मा गर्न सकिने
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’