- टेस्टको तेस्रो दिन आइतबार दक्षिण अफ्रीकाले दिएको १२४ रनको लक्ष्य पछाएको भारत केवल ९३ रनमा अल आउट भएपछि दक्षिण अफ्रिकाले यो टेस्ट ३० रनले जितेको छ ।
काठमाडौं : दक्षिण अफ्रिकाले जारी टेस्ट सिरिजको पहिलो खेलमा भारतलाई उसकै घरेलु मैदानमा पराजित गरेको छ ।
टेस्टको तेस्रो दिन आइतबार दक्षिण अफ्रीकाले दिएको १२४ रनको लक्ष्य पछाएको भारत केवल ९३ रनमा अल आउट भएपछि दक्षिण अफ्रिकाले यो टेस्ट ३० रनले जितेको छ ।
कप्तान शुभमन पहिलो इनिंगमा ब्याटिंग गर्नेक्रम घाइते भएपछि दोस्रो इनिंगमा ब्याटिंग गर्न आएका थिएनन् । त्यस्तै भारतका लागि वाशिंटन सुन्दरले सर्बाधिक ३१ रन बनाए भने अक्सर पटेलले २६ रन बनाए । त्यसैगरी दक्षिण अफ्रिकाका बलर सिमोन हार्मरले सर्बाधिक ४ विकेट लिए भने मार्को जानसेन र केशव महाराजले २-२ विकेट लिए ।
यसअघि दक्षिण अफ्रिका पहिलो इनिंगमा १५९ र दोस्रो इनिंगमा १५३ रनमा अल आउट भएको थियो । त्यस्तै भारतले पहिलो इनिंगमा १८९ रन बनाएको थियो ।
यो जितपछि २ खेलको टेस्ट सिरिजमा दक्षिण अफ्रिका १-० ले अगाडी भएको छ । अब सिरिजको दोस्रो खेल नोभेम्बर २२ मा गुवाटीमा हुने तालिका रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’