भारत टूरमा जाने नेपाली महिला क्रिकेट टिमको घोषणा

२०८२ कार्तिक २४ सोमवार
सारांश
  • क्यानले इन्दु बर्माको नेतृत्वमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । नेपाली टिममा इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, कबिता कुँवर, साना प्रविन, अलिशा यादव, इश्वरी विष्ट, रोमा थापा, अश्मिना कर्माचार्य, सबनम राई, विन्दु रावल, पुजा महतो, लक्ष्मी साउद, मनिषा उपाध्याय, सीमाना केसी र ममता चौधरी रहेका छन् ।

काठमाडौँ : नेपाल क्रिकेट संघ (क्यान) ले भारत टुरमा जाने नेपाली महिला क्रिकेट टिमको घोषणा गरेको छ ।

 

क्यानले इन्दु बर्माको नेतृत्वमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । नेपाली टिममा इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, कबिता कुँवर, साना प्रविन, अलिशा यादव, इश्वरी विष्ट, रोमा थापा, अश्मिना कर्माचार्य, सबनम राई, विन्दु रावल, पुजा महतो, लक्ष्मी साउद, मनिषा उपाध्याय, सीमाना केसी र ममता चौधरी रहेका छन् ।

 

नेपाली राष्ट्रिय महिला टिमले भारतमा कुल ६ खेल खेल्ने छ । भारतको देहरादुनमा हुने खेलमा राजस्थान, बङ्गाल र उत्तराखण्डका टिमसँग खेल्ने छ । पहिलो खेल राजस्थानविरुद्ध नोभेम्बर १३ मा, उत्तराखण्डविरुद्ध नोभेम्बर १४ मा, नोभेम्बर १५ मा बङ्गालविरुद्ध, नोभेम्बर १७ मा राजस्थानविरुद्ध र नोभेम्बर १८ मा बङ्गालविरुद्ध खेल्ने तालिका रहेको छ । सबै खेल उत्तराखण्डको आयुष क्रिकेट एकेडेमीमा हुने क्यानले जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार