ए डिभिजन लिग अर्को बर्ष

२०८२ कार्तिक १८ मङ्गलबार
सारांश
  • अखिल नेपाल फुटबल संघ (एन्फा) ले अर्को बर्ष २०८३ पुस ९ गतेबाट राष्ट्रिय लिग हुने घोषणा गरेको छ ।

काठमाडौँ, १८ कार्त्तिक । अखिल नेपाल फुटबल संघ (एन्फा) ले अर्को बर्ष २०८३ पुस ९ गतेबाट राष्ट्रिय लिग हुने घोषणा गरेको छ ।

 

सोमबार एन्फा कार्यालयमा बसेको ए डिभिजन क्लबहरू र एन्फाबीच भएको सम्झौता अनुसार आगामी पुस ९ गतेबाट राष्ट्रिय लिग हुने निर्णय गरको हो ।

 

ए डिभिजन लिग भने होमेन अवे फर्म्याटमा अर्को वर्षको पुस ३ गतेबाट सुरु हुने भन्दै विज्ञप्ति सार्वजनिक गरिएको छ । एन्फाद्वारा आयोजना हुने राष्ट्रिय लिगभन्दा अगाडि मकवानपुरमा एन्फा प्रेसिडेन्ट कप समेत हुनेछ। जसबाट चार टोलीले राष्ट्रिय लिगमा स्थान बनाउने बताइएको छ ।

 

आगामी पुसमा हुने राष्ट्रिय लिगमा ए डिभिजन लिगको शीर्ष ६ टोली चर्च ब्याइज युनाइटेड, मछिन्द्र फुटबल क्लब, नेपाल पुलिस क्लब, जाउलाखेल युथ क्लब, सादोबाटो युथ क्लब र एनआरटी रहने छन् ।

 

प्रेसिडेन्ट लिगबाट शीर्ष चार टोली आउनेछन्। जसबाट कुल १० टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्ने छन्। आगामी पुस ९ गतेबाट हुने राष्ट्रिय लिगको विजेता टोलीले एएफसी च्यालेन्ज लिगमा भाग लिन पाउनेछ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार