काभा भलिबलमा नेपाल अफगानिस्तानसँग सोझो सेटमा पराजित

२०८२ कार्त्तिक ०९ आइतवार
सारांश
  • आइतबार सम्पन्न खेलमा नेपाल सोझो सेटमा ३-० ले पराजित भएको हो ।

काठमाडौं : नेपाल बंगलादेशको मिरपुरमा जारी काभा पुरूष नेसन्स भलिबल कपअन्तर्गतको खेलमा अफगानिस्तानसँग पराजित भएको छ ।

 

आइतबार सम्पन्न खेलमा नेपाल सोझो सेटमा ३-० ले पराजित भएको हो ।

 

नेपाल पहिलो सेटमा २५-१८, दोस्रो सेटमा २५-१४ र तेस्रो सेटमा २५-२१ ले पराजित भएको थियो । यो नेपालको चौथो खेलमा तेस्रो हार हो ।      

 

नेपालले यसअघि खेलेका तीन खेलमा एक जित र २ हार बेहोरेको थियो । नेपालले यसअघि तुर्किमेनिस्तान र बंगलादेशसँग लगातार हार बेहोरेपछि तेस्रो खेलमा माल्दिभ्सलाई पराजित गरेको थियो । नेपालले अब अर्को खेल अक्टोबर २७ सम्म श्रीलंकासँग खेल्ने तालिका रहेको छ । प्रतियोगितामा नेपालसहित ६ देशको सहभागिता रहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार