एकदिवसीय क्रिकेटमा वेस्ट इन्डिजको रोचक नयाँ किर्तिमान

२०८२ कार्त्तिक ०४ मङ्गलवार
सारांश
  • ढाकामा जारी बंगलादेश र वेस्ट इन्डिजबीचको पुरुष एकदिवसीय खेलमा एकदिवसीय क्रिकेट इतिहासमा पहिलो पटक तिब्र गतिका बलरले बलिङ नगरेपछि नयाँ किर्तिमान बनेको हो ।

काठमाडौँ : वेस्ट इन्डिजले एकदिवसीय क्रिकेटमा नयाँ किर्तिमान बनाएको छ ।

 

ढाकामा जारी बंगलादेश र वेस्ट इन्डिजबीचको पुरुष एकदिवसीय खेलमा एकदिवसीय क्रिकेट इतिहासमा पहिलो पटक तिब्र गतिका बलरले बलिङ नगरेपछि नयाँ किर्तिमान बनेको हो ।

 

सिरिजको जारी दोस्रो खेलमा वेस्ट इन्डिजका तीव्र बलरहरूले एक ओभर पनि बलिङ गरेनन् । यसको अर्थ सम्पूर्ण ५० ओभर स्पिनरहरूले बलिङ गरे, जसले नयाँ किर्तिमान बनाएको छ ।

 

क्रिकइन्फोका अनुसार, अघिल्लो रेकर्ड ४४ ओभरको थियो, जुन श्रीलंकाले तीन अलग-अलग अवसरमा बनाएको थियो, १९९६ मा वेस्ट इन्डिजविरुद्ध, १९९८ मा न्युजिल्याण्डविरुद्ध र २००४ मा अष्ट्रेलियाविरुद्ध ।

 

वेस्ट इन्डिजले प्रयोग गरेका सबै पाँच बलर स्पिनर थिए । जसमा अकील हुसैन, रोष्टन चेज, खारी पेरी, गुडाकेश मोती र एलिक अथानाज रहेका थिए ।

 

यस खेलमा बंग्लादेशले ५० ओभरमा ७ विकेट गुमाउदै २१३ रन बनाएको छ भने अहिले वेस्ट इन्डिजले ब्याटिंग गरिरहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार