भारतले दोस्रो टेस्टमा वेस्ट इन्डिजलाई सात विकेटले पराजित गर्दै सिरिज २-० ले जित्यो
२०८२ असोज २८ मङ्गलवार
- वेस्ट इन्डिजले खेल जित्नको लागि भारतलाई १२१ रनको लक्ष्य दिएको थियो, जुन भारतीय टोलीले केवल तीन विकेट गुमाएर हासिल गर्यो । भारतको लागि दोस्रो इनिङमा केएल राहुलले सर्वाधिक ६० रन बनाए ।
काठमाडौँ : भारतले वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्ट सात विकेटले जितेको छ । यससँगै भारतले दुई खेलको सिरिज क्लीन स्वीप गरेको छ ।
वेस्ट इन्डिजले खेल जित्नको लागि भारतलाई १२१ रनको लक्ष्य दिएको थियो, जुन भारतीय टोलीले केवल तीन विकेट गुमाएर हासिल गर्यो । भारतको लागि दोस्रो इनिङमा केएल राहुलले सर्वाधिक ६० रन बनाए । साई सुदर्शनले पनि ३९ रनको योगदान दिए । वेस्ट इन्डिजका कप्तान रोस्टन चेसले दुई विकेट लिए भने जोमेल वारिकनले एक विकेट लिए ।
यस खेलमा भारतले टस जितेर ब्याटिङ गर्दै पहिलो इनिङ पाँच विकेटमा ५१८ रन बनाएर इनिंग घोषणा गरेको थियो । जसमा यशस्वी जैसवालले १७५ र कप्तान शुभमन गिलले १२९ रन बनाएका थिए ।
वेस्ट इन्डिजको पहिलो इनिङ २४८ रनमा समेटियो । त्यसपछि, आगन्तुक टोलीले दोस्रो इनिङमा ३९० रन बनाए, जसले भारतलाई जित्नको लागि १२१ रनको लक्ष्य दिएक ओथियो । दोस्रो इनिङमा वेस्ट इन्डिजका लागि जोन क्याम्पबेल र शाई होपले शतक बनाए ।
आफ्नो टोलीका लागि क्याम्पबेलले सर्वाधिक ११५ रन बनाए भने शाई होपले १०३ रन बनाएका थिए । यी दुईसँगै जस्टिन ग्रिभ्सले पनि ५० रन बनाए।
दोस्रो इनिङमा भारतका लागि जसप्रीत बुमराह र कुलदीप यादवले तीन-तीन विकेट लिए। मोहम्मद सिराजले दुई र रवीन्द्र जडेजा र वाशिंगटन सुन्दरले एक-एक विकेट लिएका थिए । दुई टोलीबीचको पहिलो टेस्ट अहमदाबादमा खेलिएको थियो, जुन भारतले एक इनिङ र १४० रनले जितेको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।