- गएराती समुह चरणका खेलहरु सकिएसँगै सहभागी ९ देश मध्ये ६ देश सुपर सिक्समा पुगेका हुन् ।
काठमाडौँ, २५ असोज । ओमानमा जारी आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगितामा सुपर सिक्समा पुग्ने देशको टुंगो लागेको छ ।
गएराती समुह चरणका खेलहरु सकिएसँगै सहभागी ९ देश मध्ये ६ देश सुपर सिक्समा पुगेका हुन् । जसमा आयोजक ओमानसहित नेपाल र युएई समुह विजेता हुदै २-२ अंक लिएर सुपर सिक्समा पुगेका छन् । त्यस्तै कतार जापान र सामोआ उपविजेता हुदै सुपर सिक्समा पुगेका छन् ।
त्यसैगरी समुह ए बाट मलेसिया, समुह बी बाट कुवेत र समुह सी बाट पिएनजी भने समुह चरणबाट बाहिरिएका छन ।
अब समुह चरणका खेल आइतबारदेखि शुरु हुनेछन् । नेपालले आइतबार युएईको सामना गर्ने छ भने सोमबार कतारविरुद्ध खेल्ने तालिका तय भएको छ । त्यस्तै बुधबार ओमानसँग खेल्ने छ भने शुक्रबार सामोआसँग खेल्ने तालिका तय भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’