मलेसियाविरुद्ध नेपालको ६ विकेटको जित, सिरिजमा फर्कियो

२०८२ असोज १८ शनिवार
सारांश
  • नेपाली महिला क्रिकेट टिमले मलेसियाविरुद्धको सिरिजको दोस्रो खेलमा जित हासिल गरेको छ ।

काठमाडौँ, १८ असोज । नेपाली महिला क्रिकेट टिमले मलेसियाविरुद्धको सिरिजको दोस्रो खेलमा जित हासिल गरेको छ ।

 

शनिबार सम्पन्न दोस्रो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो । मलेसियाले दिएको ९२ रनको लक्ष्य पछाएको नेपालले १६.२ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । नेपालको जितमा पुजा महतोले ३९ रन बनाएकी थिइन् भने कप्तान  इन्दु बर्माले अविजित २७ रन बनाएकि थिइन् ।

 

यसअघि पहिला ब्याटिंग गरेको मलेसियाले २० ओभरमा ४ विकेट गुमाउदै ९१ रन बनाएको थियो ।

 

यो जितपछि नेपालले ५ खेलको सिरिजमा फर्किंदै गर्दै १-१ को बराबरी गरेकोछ । अब सिरिजको तेस्रो खेल आइतबार हुने तालिका रहेको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार