राष्ट्रिय महिला फुटबल टिमको प्रशिक्षकमा नवीन न्यौपाने नियुक्त
२०८२ असोज ०९ बिहीवार
- विहिबार एन्फाले २०२६ को साफ च्याम्पियनसिपसम्मका लागि न्यौपानेलाई प्रमुख प्रशिक्षक नियुक्त गरेको हो ।
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय महिला फुटबल टिमको प्रशिक्षकमा नवीन न्यौपाने नियुक्त गरेको छ ।
विहिबार एन्फाले २०२६ को साफ च्याम्पियनसिपसम्मका लागि न्यौपानेलाई प्रमुख प्रशिक्षक नियुक्त गरेको हो ।
त्यस्तै एन्फाले नेपाली महिला टिमको सहायक प्रशिक्षकमा भगवती थापा र राज कुमार केसी नियुक्त गरेको छ भने वृन्दा देवानलाई टिम व्यवस्थापक, शिला गिरी र विकास गुरुङले क्रमशः फिजियोथेरापिस्ट र किट व्यवस्थापकको जिम्मेवारी दिइएको छ ।
न्यौपानेले यसअघि पुरुष टिमको यु-२३ प्रशिक्षकको जिम्मेवारी सम्हालिसकेका छन् ।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आगामी महिना भारतको सिक्किममा मैत्रीपूर्ण खेल खेल्ने तालिका छ भने त्यसपछि इन्डोनेसियामा नोभेम्बर २६ देखि डिसेम्बर २ सम्म इन्डोनेसिया र चाइनिज ताइपेइसँग त्रिकोणात्मक सिरिज खेल्ने तालिका रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।