कर्णाली यसभिएस : कोचमा राई र मार्की खेलाडी रेग्मी अनुबन्धित

२०८२ श्रावण २ शुक्रवार
सारांश
  • क्वीक स्पाइक हान्ने, ब्लक पनि गर्ने क्षमता राख्ने रेग्मीले छोटो समयमै उत्कृष्ट खेल खेल्दै राष्ट्रिय टिममा इन्ट्री मारेकी थिइन् ।

काठमाडौं: एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल)को दोस्रो सिजनका लागि कर्णाली यसभिएसले प्रशिक्षकको रुपमा कुमार राईलाई अनुबन्धित गरेको छ ।


पहिलो संस्करणको विजेता समेत रहेको कर्णालीले दोस्रो संस्करणमा मार्की खेलाडी सुमित्रा रेग्मीलाई निरन्तरता दिएको छ । क्वीक स्पाइक हान्ने, ब्लक पनि गर्ने क्षमता राख्ने रेग्मीले छोटो समयमै उत्कृष्ट खेल खेल्दै राष्ट्रिय टिममा इन्ट्री मारेकी थिइन् ।


रेग्मीले पहिलो संस्करणमा टिमलाई विजेता बनाउन महत्वपूर्ण योगदान गरेकै कारण दोस्रो संस्करणमा पनि अनुबन्धित गरेको कर्णाली यसभिएसले जनाएको छ । हेड कोच राई पनि पूराना अनुभवी मानिन्छन् । उनी पनि दोस्रो संस्करणमा पनि दोहोरिएका छन् ।


दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग ईन्फिनिटी ड्रिम्सको आयोजनामा आगामी भदौ २० गतेदेखि २८ गतेसम्म हुनेछ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार