- बुधबार ६ खेलाडीसहित ८ सदस्यीय नेपाली टोली उज्वेकिस्तानको तास्केन्ट प्रस्थान गर्ने भएको हो ।
काठमाडौं : एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपको २९ औं संस्करणमा सहभागी हुन नेपाली टोली आज उज्वेकिस्तान जादैँछ ।
बुधबार ६ खेलाडीसहित ८ सदस्यीय नेपाली टोली उज्वेकिस्तानको तास्केन्ट प्रस्थान गर्ने भएको हो ।
असार १२ देखि १८ गतेसम्म हुने प्रतियोगितामा समान ३÷३ पुरुष महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा प्रवेश बस्नेत, हिमाल विष्ट र गनञ्जय दाहाल तथा महिलामा योङगी पौडेल, वियंका राई र इभाना थापाले प्रतिस्पर्धा गर्ने छन् ।
टोली प्रमुखमा ज्याकी महर्जन तथा प्रशिक्षकमा मोहनदास बासुकला रहेका छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।
सो अवसरमा अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाल, महासचिव कुँवेरप्रकाश सिंहलगायतको उपस्थिति रहेको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’