यु -१६ राष्ट्रिय क्रिकेटमा मधेशको लगातार दोश्रो जीत

२०८२ जेठ २१ बुधबार
सारांश
  • ८ दशमलव २ ओभर बलिंग गरेका अभयले २ दशमलव २८ को औसतमा जम्मा १९ रन खर्चिएर गण्डकीका ७ विकेट झार्दै टोलीलाई दोश्रो जीतसंगै थप २ अंक दिलाएका हुन् ।

सुर्खेत : सुर्खेतको वीरेन्द्रनगरमा जारी टी.बी स्मृति प्रथम १६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोश्रो जीत निकालेको छ । अभय यादवको कसिलो बलिंगको मद्दतमा मधेश प्रदेशले दोस्रो जित हासिल गरेको हो ।


८ दशमलव २ ओभर बलिंग गरेका अभयले २ दशमलव २८ को औसतमा जम्मा १९ रन खर्चिएर गण्डकीका ७ विकेट झार्दै टोलीलाई दोश्रो जीतसंगै थप २ अंक दिलाएका हुन् ।


अभयले ३८ डट बल फाल्दै विपक्षीका ७ विकेट ढाल्ने क्रममा शुरुवातीमै तीन जनालाई ब्याटरमध्ये  बिनय कार्कीलाई १४, सुप्रिम सुनारलाई ११ र समिर न्यौपानलाई शून्यकै अवस्थामा आप्नो शिकार बनाए ।


प्लेयर अफ दि म्याच घोषित अभयको बलिंगको फन्दामा परेर २५ रन जोड्दाको अवस्थामा शुरुवाती क्रमका ३ जना महत्वपूर्ण ब्याटर गुमाएको गण्डकीका अरु ब्याटरलाईपनि अभयले खुलेर खेल्ने मौका नै दिएनन् ।


पाँचौ नम्बरमा आएका भुवन भट्टराई जम्मा ३ रनको व्यक्तिगत स्कोरमा एल।बी।डब्ल्यूको धरापमा पारेका अभयले अनिष राउतलाई ९ रनमा स्टम्प्ड गराए भने  राज परियारलाई ५ तथा रिदम पाण्डेलाई ५ रनमा आफै बलिंग, आफै क्याच गर्दै पवेलियन फर्काए ।


१५ रन अतिरिक्त पाएको गण्डकीको पारी ३२ दशमलव २ ओभरमा जम्मा १ सय ४ रनमा सीमित भयो । जसमा रोज श्रेष्ठले सर्वाधिक २०, विनय कार्की र रमित कंडेलले समान १५ तथा सुप्रिम सुनाले ११ रन जोडेका थिए ।


१ सय ५ रनको सामान्य लक्ष्य लिएर जवाफी ब्याटिंग थालेको मधेशले  जीतका लागि धेरै संघर्ष गर्नपरेन, जम्मा १४ दशमलव १ ओभरमा ५ विकेट सुरक्षित राख्दै जीत निश्चित गर्यो ।


वीरेन्द्रनगर मैदानमा भएको खेलमा १५ बलमा २५ रनको बलियो आधार गरेर आउट भएका सुशान्त सिंहको स्कोरमा शेख अरमानको २३, माहि यादवको १३ र नुमैर यादवको १० रनको योगदान मधेशको जीतका लागि पर्याप्त भयो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार