भारतमा कांस्य पदक जितेर स्वदेश फर्किए कुस्ती खेलाडी सुरेश चुनारा

२०८२ जेठ १३ गते मंगलवार
सारांश
  • सुरेशसहित अन्य खेलाडी तथा प्रशिक्षक मुमताज अलि इद्रिसी र नेपाल कुस्ती संघका अध्यक्ष प्रकाशकुमार कुसारी (सम्राट)को टोली सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत स्वदेश फर्किएको हो । टोलीलाई संघका पदाधिकारी, खेलाडी तथा खेलाडीका परिवार सदस्यहरूले भव्य स्वागत गरे ।

काठमाडौं : भारतमा कांस्य पदक जितेका कुस्ती खेलाडी सुरेश चुनारा स्वदेश फर्किएका छन् । 

सुरेशसहित अन्य खेलाडी तथा प्रशिक्षक मुमताज अलि इद्रिसी र नेपाल कुस्ती संघका अध्यक्ष प्रकाशकुमार कुसारी (सम्राट)को टोली सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत स्वदेश फर्किएको हो । टोलीलाई संघका पदाधिकारी, खेलाडी तथा खेलाडीका परिवार सदस्यहरूले भव्य स्वागत गरे । 

सुरेशले भारतको नयाँ दिल्लीमा सम्पन्न यूडब्लूडब्लू एसियन बेल्ट कुस्ती एलिस च्याम्पियनसिपमा कांस्य पदक जितेका हुन् । प्रतियोगितामा तीन नेपाली खेलाडीको सहभागिता रहेको थियो । 

कांस्य पदक जितेर स्वदेश फर्किएपछि सुरेशले यो सिंगो नेपालको जित भएको बताए । ‘म एकदम खुसी छु, मेरो मात्रै जित होइन सिंगो नेपालीको जित हो । यो राष्ट्रिय खेलकुद परिषद्को जित हो। यो नेपाल कुस्ती संघको जित हो। यो हामी सिंगो कुस्ती परिवारको जित हो,’ सुरेशले भने । 

उनले यो एतिहासिक क्षण भएको उल्लेख गर्दै जितका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

त्यस्तै प्रशिक्षक अलिले यो जित राष्ट्रिय खेलकुद परिषद्ले लामो समयदेखि गराएको प्रशिक्षणको नतिजा रहेको बताए । यो जित नेपालको लागि धेरै ठुलो कुरा रहेको उनको भनाइ छ । ‘जापनीजले पनि आएर भनेको छ कि नेपाल इज स्ट्रोङ, यो मेरो र नेपालको लागि धेरै ठुलो कुरा हो। गर्वको कुरा हो,’ प्रशिक्षक अलिले भने ।

अब नोभेम्बरमा हुने वल्र्ड च्याम्पियनसीपको तयारीमा लाग्ने प्रशिक्षक अलिले जानकारी दिए ।

त्यस्तै संघका अध्यक्ष कुसारीले यो जितले नेपालली खेलकुदमा इच्छा, आकांक्षा र चाहना राखियो र चुनौतीको सामना गरियो भने सफलता मिल्छ भन्ने कुरा सावित गरेको बताए।

उनले कोममा पुगेको कुस्तीलाई बामेसर्ने बनाएको उल्लेख गरे। ‘कुस्ती कोममा थियो, त्यसलाई चल्मलाउने र बामेसर्ने बनाएका छौं’, अध्यक्ष कुसारीले भने, ‘यहाँबाट दौडाउनु पर्नेछ, दौडाइयो भने नेपालको झण्डालाई विश्वसामु फहराउनका लागि हामी तयार छौं। हाम्रा नेपाली खेलाडी तयार छन् काठमाडौं : भारतमा कांस्य पदक जितेका कुस्ती खेलाडी सुरेश चुनारा स्वदेश फर्किएका छन् ।

सुरेशसहित अन्य खेलाडी तथा प्रशिक्षक मुमताज अलि इद्रिसी र नेपाल कुस्ती संघका अध्यक्ष प्रकाशकुमार कुसारी (सम्राट)को टोली सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत स्वदेश फर्किएको हो । टोलीलाई संघका पदाधिकारी, खेलाडी तथा खेलाडीका परिवार सदस्यहरूले भव्य स्वागत गरे । 

सुरेशले भारतको नयाँ दिल्लीमा सम्पन्न यूडब्लूडब्लू एसियन बेल्ट कुस्ती एलिस च्याम्पियनसिपमा कांस्य पदक जितेका हुन् । प्रतियोगितामा तीन नेपाली खेलाडीको सहभागिता रहेको थियो । 

कांस्य पदक जितेर स्वदेश फर्किएपछि सुरेशले यो सिंगो नेपालको जित भएको बताए । ‘म एकदम खुसी छु, मेरो मात्रै जित होइन सिंगो नेपालीको जित हो । यो राष्ट्रिय खेलकुद परिषद्को जित हो। यो नेपाल कुस्ती संघको जित हो। यो हामी सिंगो कुस्ती परिवारको जित हो,’ सुरेशले भने । 

उनले यो एतिहासिक क्षण भएको उल्लेख गर्दै जितका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

त्यस्तै प्रशिक्षक अलिले यो जित राष्ट्रिय खेलकुद परिषद्ले लामो समयदेखि गराएको प्रशिक्षणको नतिजा रहेको बताए । यो जित नेपालको लागि धेरै ठुलो कुरा रहेको उनको भनाइ छ । ‘जापनीजले पनि आएर भनेको छ कि नेपाल इज स्ट्रोङ, यो मेरो र नेपालको लागि धेरै ठुलो कुरा हो। गर्वको कुरा हो,’ प्रशिक्षक अलिले भने ।

अब नोभेम्बरमा हुने वल्र्ड च्याम्पियनसीपको तयारीमा लाग्ने प्रशिक्षक अलिले जानकारी दिए ।

त्यस्तै संघका अध्यक्ष कुसारीले यो जितले नेपालली खेलकुदमा इच्छा, आकांक्षा र चाहना राखियो र चुनौतीको सामना गरियो भने सफलता मिल्छ भन्ने कुरा सावित गरेको बताए।

उनले कोममा पुगेको कुस्तीलाई बामेसर्ने बनाएको उल्लेख गरे। ‘कुस्ती कोममा थियो, त्यसलाई चल्मलाउने र बामेसर्ने बनाएका छौं’, अध्यक्ष कुसारीले भने, ‘यहाँबाट दौडाउनु पर्नेछ, दौडाइयो भने नेपालको झण्डालाई विश्वसामु फहराउनका लागि हामी तयार छौं। हाम्रा नेपाली खेलाडी तयार छन् ।’

कुस्तीलाई थप व्यवस्थित बनाएर अगाडि लैजानसकेमा धेरै उपलब्धि हासिल गर्न सकिने उनको भनाइ छ ।’

कुस्तीलाई थप व्यवस्थित बनाएर अगाडि लैजानसकेमा धेरै उपलब्धि हासिल गर्न सकिने उनको भनाइ छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार