आइपिएलःलगातार चौथो जितपछि गुजरात टाइटन्सको पहिलो हार

२०८२ जेठ ९ शुक्रबार
सारांश
  • बिहीबार अहमदाबादको नरेन्द्र मोदी रंगशालामा भएको यस खेलमा टस हारेर पहिले ब्याटिङ गरेको लखनऊले २० ओभरमा दुई विकेट गुमाउँदै २३५ रन बनाएको थियो।

काठमाडौं : लखनउ सुपर जायन्ट्सले गुजरात टाइटानलाई पराजित गर्दै सिजनको छैठौं जित दर्ता गरेको छ । 


बिहीबार अहमदाबादको नरेन्द्र मोदी रंगशालामा भएको यस खेलमा टस हारेर पहिले ब्याटिङ गरेको लखनऊले २० ओभरमा दुई विकेट गुमाउँदै २३५ रन बनाएको थियो। 


जवाफमा गुजरातले निर्धारित ओभरमा नौ विकेट गुमाउँदै २०२ रन मात्र बनाउन सक्यो। घरेलु मैदानमा लगातार चार जितपछि गुजरातको यो पहिलो हार हो। 


पराजयका बाबजुद गुजरात १८ अङ्क सहित तालिकाको शीर्ष स्थानमा छ। लखनउ भने यस अघि नै आईपीएलबाट बाहिरिएको छ।


लखनउ १२ अङ्क सहित छैटौँ स्थानमा छ। गुजरातले अन्तिम खेल चेन्नाई सुपर किङसँग खेल्ने छ। दोस्रो स्थानमा रहेको रोयल च्यालेन्जर बंगलोरु र तेस्रो स्थानको पन्जाब किङ्सको १७ अङ्क छ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार