- गत फागुन ७ गतेदेखि सुरु भएको अभियान आगामी जेठ ७ गतेसम्म रहनेछ । महानगरपालिकामा नियमित र अभिलेखीकरण गर्नुपर्ने थुप्रै घर तथा भवन रहेको पाइएपछि महानगरले यस्तो अभियान चलाएको महानगरका शहरी विकास योजना महाशाखा तथा सम्पदा संरक्षण केन्द्रका प्रमुख तथा डिभिजनल इन्जिनियर श्रीकुमार महर्जनले जानकारी दिए ।
काठमाडौं : ललितपुर महानगरपालिकाले मापदण्डविपरित बनेका तथा नक्सापास नभएका घर तथा भवनको नियमित र अभिलेखीकरण अभियान अन्तिम चरणमा पुर्याएको छ ।
गत फागुन ७ गतेदेखि सुरु भएको अभियान आगामी जेठ ७ गतेसम्म रहनेछ । महानगरपालिकामा नियमित र अभिलेखीकरण गर्नुपर्ने थुप्रै घर तथा भवन रहेको पाइएपछि महानगरले यस्तो अभियान चलाएको महानगरका शहरी विकास योजना महाशाखा तथा सम्पदा संरक्षण केन्द्रका प्रमुख तथा डिभिजनल इन्जिनियर श्रीकुमार महर्जनले जानकारी दिए ।
नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले महानगरपालिकाभित्र घर मापदण्डभित्र रहेपनि नक्सापास गर्न बाँकी र मापदण्डविपरीत भएमा तीन महिनाभित्र नियमित तथा अभिलेखीकरण गर्न सकिने जानकारी दिए ।
उनका अनुसार महानगरले पहिलोपटक यस्तो मौका जारी गरेको हो । ७० प्रतिशत घर तथा भवन मापदण्डमा नभएपछि महानगरले त्यसलाई नियमित तथा अभिलेखीकरण गर्न कानुन नै निर्माण गरेर अभियान चलाएको उनले बताए ।
साथै, उनले मंगलबारसम्मको डाटा अनुसार २१ सय २० वटा डिजाइनरहरुले निवेदन प्राप्त गरेको पनि जानकारी गराए ।
उनले भने, ‘नक्सा पास नगरी बनाएका र पास गरेर पनि फरक तरिकाले बनाएका भवनहरुलाई लक्षित गरेर हामीले ९० दिनको भाका राखेर अभिलेखिकरण गरिएको छौं । यसको अन्तिम मिति जेष्ठ ९ गतेसम्म छ । अहिलेसम्म २१ सय २० वटा फाइल डिजाइनरहरुले निवेदन दिएका छन् । तर डिजाइनरहरुले यता पठाएको निवेदन चाँही १४ सय ११ वटा छ, त्यसमध्य १०९६ वटा स्वीकार गरिसकेको छौं । यहाँबाट सबै कागजात मिलेको खण्डमा बल्ल वडामा पठाउँछौं । सेवाग्राहीलाई नै ध्यानमा राखेर यो अभियान गरेको हौं ।’
त्यस्तै, उनका अनुसार महानगरले नियमित तथा अभिलेखीकरणको पनि मापदण्ड राखेको छ । हदैसम्म नियम मिचेका तथा अभिलेखीकरण गर्न नमिल्ने किसिमका घर र भवनलाई भने यो अभियानले समेट्ने छैन । उनले सेवाग्राहीको सहजताको लागि दुई चरणमा नियमित तथा अभिलेकीकरणको व्यस्था गरेको पनि जानकारी दिए ।
उनले भने, ‘यसको प्रक्रियामा चाँही केही अलमल भएको देखियो । पहिला घर धनीले हाम्रा इन्जिनियरलाई भेट्नुपर्छ । पहिलो चरणमा फुटप्रिन्टमात्र अनलाइनमा अप्लाइ गर्ने हो । त्यहीभएर इन्जिनियर चाहिन्छ । घरधनीले आफै गर्न चाँही मिल्दैन् । घरको नक्सा र फोटो नागरिकतालगायतका कागजातहरु राखेर सुरुमा दर्ताको लागि पठाउने हो । कागजात ठिक भएमात्र दोस्रो चरणमा पठाउँछौ । कतिपय अभिलेखिकरण नै नहुने अवस्था पनि बन्छ । त्यो चाँही बाटो मिचेको हकमा, नदीनालामा छाड्नुपर्ने क्षेत्रफल नछाडेको र विश्व सम्पदा क्षेत्रहरुको भवनहरु भए लगायतका कुरा अभिलेखिकरण भएको छैन् ।’
कतिपयले कर उठाउनको लागि मात्र यो अभियान चलाइएको हो कि भन्ने आशंका व्यक्त गरिरहेको भन्दै उनले यसमा महानगरको आफ्नो स्वार्थ कुनै पनि नभएको प्रष्ट पारे ।
उनले प्रष्ट पार्दै भने, ‘यसमा महानगरले आफ्नो स्वार्थ खोज्ने कुरा हुँदैन् । जग्गा भएर पनि लाजपूर्जामा आएन भने आफ्नो हुँदैन् । आफ्नो सम्पत्तिको अभिलेखिकरण हुनु भनेको आफैमा काम हो । महानगरपालिकाले आवश्यक कर त लिन्छ नै, तिर्नैपर्छ । यो कर तिर्दिन भन्न पनि पाइँदैन् । आज तिर्ने हो कि भोलि भन्नेमात्र हो । त्यसलै करको लागि मात्र हो भन्ने कुरा चाँही होइन् ।’
त्यस्तै, उनले नक्सापासमा भवन मापदण्ड जुन छ त्यही नै नियमित तथा अभिलेखिकरणमा पनि अपनाएको बताए । जुन वर्षमा घर बनाएको हो त्यही वर्षको मापदण्ड अपनाउन पाउने व्यवस्था महानगरले गरेको उनले जनाए ।
भवन अभिलेखिकरण अरु महानगरपालिकाको भन्दा फरक शैलीमा गरिरहेको छ । उनका अनुसार एउटा ऐन बनाएर ललितपुरले अभिलेखिकरण गरिरहेको छ जुन अरु महानगरपालिकामा छैन् ।
उनले भने, ‘हामीले यही कामका लागि ऐन नै बनायौं । अरु महानगरपालिकामा यसरी ऐन नै बनाएको अवस्था थिएन । जुन वर्ष घर बनायो त्यही वर्षको मापदण्ड लागू हुने भनेका छौं । यो सबै हिसाबले अरु भन्दा फरक गरेका छौं ।’
विकास प्रमुख महर्जनले अभियानको ७०–८० दिनसम्म आइपुग्दा पनि दुई हजार घरमात्र कर तिरेर दायराभित्र आएकाले लक्ष्य अनुसारको पूरा हुन नसकेको बताए । अब जेठ ९ गतेसम्म पाँच हजारसम्म पु¥याउने महानगरको लक्ष्य रहेको उनले जानकारी दिए ।
उनले भने, ‘७० हजार घरधुरीमा लगभग ५० प्रतिशतले मात्र कर तिरेर दायराभित्र आएका छन् । अहिले ७०–८० दिनसम्म आइपुग्दा पनि दुई हजार मात्र आए । लक्ष्य अनुसारको अझैपनि आएनन् । सुसूचित नगरेर हो वा जनता आफैं अलमल परेका हुन् पत्तो लगाउन सकिएको छैन् । अब जेठ ९ गतेसम्म पाँच हजारसम्म पुग्छ भन्ने हाम्रो लक्ष्य छ ।’
त्यस्तै, उनले अझैपनि जनतामा करको विषयमा गलत बुझाई रहेको भन्दै सबै नागरिकले कर तिर्नुलाई आफ्नो दायित्वको रुपमा लिनुपर्ने धारणा राखे ।
‘कर तिरेर हामीलाई फाइदा के छ भन्ने कुरा जनताले सोच्छन् । तर कर तिर्नु त सबै नागरिकको दायित्व हो नि,’ उनले प्रष्ट पारे
यस्तै, ललितपुर महानगरपालिकाका कर्मचारी भीमसेन केसीले नियमति तथा अभिलेखिकरण अभियान भनेर अहिले जनतामा एकदमै उत्साह छाएको बताए । नक्साहरु दिनमै ५०–६० वटा दर्ता भइरहेको भन्दै वडामा पठाएर आएपछि अभिलेखिकरणमा जाने की नियमितमा जाने भनेर छुट्याएर काम हुने उनले जानकारी दिए ।
उनले भने, ‘यो नियमित तथा अभिलेखिकरण अभियान भनेर अहिले जनतामा एकदमै उत्साह छाएको छ । नक्साहरु दिनहुँ ५०–६० वटा दर्ता भइरहेका छन् । अब वडामा पठाएर आएपछिचाँही थाहा हुन्छ । अभिलेखिकरणमा जाने की नियमितमा जाने भनेर छुट्याएर काम हुन्छ ।’
त्यस्तै, सेवाग्राही मनोज बोगटीले महानगरले यसरी भवन नियमित तथा अभिलेखिकरणको अभियान नै चलाएर राम्रो काम गरेको प्रतिक्रिया दिए । भवन पास गरेर महानगरले सर्टिफिकेट नै दिने भएकाले पनि महानगरको यो कदम राम्रो लागेको उनी बताउँछन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।