- इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबारको दोस्रो खेलमा पञ्जाब किंग्सले सानदार जित निकालेको छ ।
काठमाडौँ, २२ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबारको दोस्रो खेलमा पञ्जाब किंग्सले सानदार जित निकालेको छ ।
लखनउ सुपर जायन्ट्सविरुद्ध ३७ रनको जित निकालेको हो । ब्याटिङमा प्रभसिमरन सिंह र बलिङमा आर्शदीप सिंह चम्किँदा यो जितसँगै पञ्जाब १५ अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
प्रभसिमरन सिंहले ४८ बलमा ९१ रन जोड्दा पञ्जाबले पाँच विकेटको क्षतिका २३६ रन बनाएको थियो । जवाफमा लखनउ सात विकेटको क्षतिमा १९९ रनमा सीमित भयो । लखनउलाई सस्तैमा समेट्न आर्शदीप सिंहले चार ओभर बलिङ गर्दा मात्र १६ रन दिएर महत्त्वपूर्ण तीन विकेट हात पारे ।
जवाफी ब्याटिङकाक्रममा २७ रनमा नै तीन विकेट गुमाएको लखनउका लागि आयुस बडानीले सर्वाधिक ७४ रन जोडे । ४० बलको सामना गरेका उनले समान पाँचपाँच चौका र छक्का प्रहार गरे। अब्दुल समादले २४ बलमा ४५ रन जोडे ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबका लागि कप्तान श्रेयास ऐयारले २५ बलमा ४५ तथा शशांक सिंहले अविजित रहँदै १५ बलमा ३३ रन जोडे । पन्जाब १५ अंकसहित दोस्रो स्थानमा छ । लखनउ भने १० अंकसहित सातौं स्थानमा छ ।
आइतबार नै भएको पहिलो खेलमा भने कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई एक रनले पराजित गरेको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
‘संविधानको औचित्यमाथि नै प्रश्न छ’: राजसंस्थासहित राजनीतिक सहमतिको आह्वान
-
अर्थमन्त्री डा. वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए
-
करेन्ट लागेर हात्ती ‘रोनाल्डो’ को मृत्यु, शव परीक्षणपछि गाडियो
-
२४ घण्टामा देशभर सवारी दुर्घटनामा ६ को मृत्यु, १४४ जना घाइते
-
माथिल्लो त्रिशूली–१ आयोजनाको सुरुङबाट ११ शव निकालियो
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।