राष्ट्रिय पुरुष हक्की प्रतियोगिता आजबाट सुरु

२०८२ वैशाख १७ बुधबार
सारांश
  • बुधबार ललितपुरको च्यासल फुटबल मैदानमा विभागीय टोली नेपाल आर्मी र गण्डकी प्रदेशबीच उद्घाटन खेल भएको हो ।

काठमाडौं : नेपाल हक्की संघले पहिलो पटक आयोजना गरेको राष्ट्रिय पुरुष हक्की प्रतियोगिता आजबाट सुरु भएको छ । 


बुधबार ललितपुरको च्यासल फुटबल मैदानमा विभागीय टोली नेपाल आर्मी र गण्डकी प्रदेशबीच उद्घाटन खेल भएको हो । 


प्रतियोगिता उद्घाटन समारोहमा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले हक्कीका लागि बजेट छुट्याउन आग्रह गरेका छन् । उनले सधै चन्दाबाट प्रतियोगिता आयोजना गर्नुपर्ने भन्दै बजेटका लागि आग्रह गरेका हुन् । 


‘खेलकुद परिषद्का साथिहरुलाई मैले भने यो देशमा हक्की खेल्छन् । खेलाडी छन्, संघ छ बजेट पनि चाहिन्छ त्यसैले गर्दा माया गरेर बजेट छुट्याइदिनुहोला ताकि आगामि दिनमा प्रतियोगिताहरु अझै स्तरीय होस् । चन्दा मागेर जसोतसो गर्नुपरेको छ,’ उनले भने ।  


यस्तै, विभागीय टोली नेपाल आर्मीका खेलाडि दिपेन्द्र ऐरले सरकारले सिमित खेलमा मात्र ध्यान दिएको बताए । 

 
उनले भने, ‘हक्कीमा खासै विकास भएको छैन यसमा केही परिवर्तन भएको छैन । सरकारले सिमित खेलमा मात्र फोकस गरेको छ । पहिले भन्दा अहिले संघको ध्यान चै पुगेको छ । यसमा हामी खुसि चै छौ ।’  


आज भएको प्रतियोगिताको पहिलो खेलमा विभागीय टोली नेपाल आर्मी विजय भएको छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार