- कुल २ खेल खेलेको गण्डकीको २ जितसहित ५ अंक रहँदा समान खेल खेलेको हिमालयनको पनि समान अंक रहेको थियो । उता ग्रेट हिमालयन क्रिकेट एकेडेमी र चितवन क्रिकेट क्लबको पनि कुल २ खेलबाट समान १÷१ अंक रहेको थियो ।
पोखरा : पोखरामा जारी दोस्रो केपी ओली कप टी–२० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको समूह ‘बि’ बाट गण्डकी हिरोज रनरेटको आधारमा सेमिफाइनलमा प्रवेश गरेको छ ।
मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगिताको छैटौं दिन समूह ‘बि’ तर्फका अन्तिम खेल हुने भनिएपनि बुधबार रातीको अविरल वर्षासंगै बिहीबारको प्रतिकुल मौसमले खेल हुन नसकेपछि रनरेटको आधारमा हिमालयन क्रिकेट एकेडेमीलाई पछि पार्दै गण्डकी हिरोज शिर्षस्थानमा रह्यो ।
कुल २ खेल खेलेको गण्डकीको २ जितसहित ५ अंक रहँदा समान खेल खेलेको हिमालयनको पनि समान अंक रहेको थियो । उता ग्रेट हिमालयन क्रिकेट एकेडेमी र चितवन क्रिकेट क्लबको पनि कुल २ खेलबाट समान १÷१ अंक रहेको थियो ।
विहीबार समूह चरणमा आफ्नो अन्तिम खेल अन्तरगत चितवन र ग्रेट हिमालय बिच पहिलो तथा गण्डकी र हिमालयन बिचमा दोस्रो खेल हुने तालिका थियो । दुवै खेल मौसमका कारण रोकिएपछि नेट रनरेटको आधारमा गण्डकी शीर्ष स्थानमा रहँदै अन्तिम चारमा पुग्ने दोस्रो टोली बनेको छ ।
गण्डकीको रनरेट १.४३४६ रहँदा हिमालयनको ०.८१५८ रह्यो । ग्रेट हिमालय माइनस २.११२८ अंकका साथ तेस्रो स्थानमा रहँदा माइनस ३.४७२५ अंकका साथ चितवन पुछारमा रह्यो ।
समूह ‘ए’ बाट यस अघि शीर्षस्थानमा रहँदै सिइसी काठमाडौं सेमीफाइनलमा प्रवेश गरेको थियो काठमाडौंले आफ्नो ३ मध्ये ३ खेलमा नै जित हासिल गर्दै ६ अंकका साथ शीर्ष स्थानमा रहेको थियो ।
कुल १६ टिमको सहभागिता रहेको प्रतियोगितामा ४ समूह रहेका छन् । अब समूह ‘सी’ र ‘डी’ तर्फका खेल हुन बाकी रहेका छन् । हरेक समूहको शीर्ष स्थानमा रहने टोलीले अन्तिम चारमा प्रवेश गर्नेछन् ।
चैत २३ गतेबाट सुरु भएको प्रतियोगिता बैशाख ५ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगितामा उपाधि विजेता टिमले नगद रु १० लाख र उपविजेताले नगद रु पाँच लाखका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यसैगरी ‘प्लेयर अफ द सिरिज’ ले रु ३० हजार, वेष्ट बलर, बेष्ट व्याटरले जनही रु १० हजार र ‘प्लेयर अफ द म्याच’ले रु पाँच हजारका साथमा ट्रफी प्राप्त गर्ने छन् ।
प्रतियोगितामा भोलि समूह ‘सी’तर्फ कर्णाली एकेडेमी र मधेश प्रदेश क्रिकेट क्लबबिच पहिलो तथा हिमाल फे्रन्डस क्रिकेट क्लब र लुम्बिनी खुकुरी बिच दोस्रो खेल हुनेछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सीमापार व्यवसायीले सरकारलाई ज्ञापनपत्र बुझाउँदै, ८ खर्बको क्षति र १५०० जनशक्ति बेपत्ता भएको दाबी
-
भोटेकोशी बाढी: ९०३ जनाको शव फेला, ४ हजार २४७ सम्पर्कविहिन
-
भोटेकोशी बाढीपछि २८९ विदेशी पर्यटकको उद्धार, अझै ५९१ सम्पर्कविहिन
-
कांग्रेसको संसदीय दलको बैठक बस्दै
-
आज राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक बस्दै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।