केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेटः सिइसी काठमाडौं सेमिफाइनलमा
२०८१ चैत २५ सोमबार
- मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा जारी दोस्रो संस्करणको प्रतियोगिताको समूह ‘ए’ को विजेता बन्दै काठमाडौं अन्तिम चारमा पुग्ने पहिलो टोली बनेको छ ।
पोखरा : राष्ट्रिय खेलाडी सहभागी सिइसी काठमाडौं केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा जारी दोस्रो संस्करणको प्रतियोगिताको समूह ‘ए’ को विजेता बन्दै काठमाडौं अन्तिम चारमा पुग्ने पहिलो टोली बनेको छ ।
तेस्रो दिनको पहिलो खेलमा सिइसी काठमाडौंले पोखरा महानगरपालिका क्रिकेट क्लबलाई ९ विकेटले हरायो । पोखरालाई हराउँदै कुल ३ खेलमा अपराजित रहँदै ६ अंकका साथ समूह विजेता बन्यो । ५४ रनको झिनो लक्ष्य पछ्याएको काठमाडौंले ४.२ ओभरमा १ विकेट गुमाउँदै ५७ रन बनायो ।
कप्तानी रित गौतमले आक्रमक पारी खेल्दै्र १५ बलमा ३६ रनको योगदान दिए । उनले आफ्नो पारीमा ३ छक्का र ४ चौका प्रहार गरे । उनी सुभाष बास्तोलाको बलमा अभिनवको हातबाट क्याच आउट भए । त्यस्तै दिपेनद्र रावतले ८ बलको सामना गर्दै १ चौका र २ छक्का साथ १९ रन बनाउँदा शिवम तिवारीले २ रन बनाए ।
त्यसअघि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस जितेर व्याटिङ थालेको पोखरा १७.२ ओभरमा अलआउट हुँदै ५३ रन बनायो । पोखराले १० रन अतिरिक्त रनको रुपमा पायो । सुमह ‘ए’को अन्तिम चरणको खेलमा पोखराको पारीलाई ध्वस्त पार्ने क्रममा म्यान अफ दि म्याच समेत रहेका सिइसी काठमाडौंका दिपेन्द्र रावतले र युनिश विक्रम सिंह ठकुरीले समान ३÷३ विकेट हात पारे ।
दिपेन्द्रले आफ्नो ४ ओभरको स्पेलमा ८ रन दिएर ३ विकेट लिए भने विक्रमले ३.२ ओभरमा ९ रन दिएर ३ विकेट लिए । पोखराका कविन सापकोटाले १२ रनको दोहोरो रन बनाउनु बाहेक अन्य खेलाडीहरु क्रिजमा टिक्न सकेनन् । पोखराका लागि आशिष न्यौपाने ९, सुमित श्रेष्ठ र अन्जन केसीले समान २÷२, प्रमोद बास्तोला, अभिनव शाह, मार्शल बरालले समान ३÷३ रन बनाए । समिर भुजेल र सुवास बास्तोला सुनय रनमा आउट भए । त्यस्तै काठमाण्डौका लागि सूर्य तामाङले ४ ओभरमा १० रन दिएर २ विकेट तथा मनोज यादव र अशोक बोहोराले समान १÷१ विकेट हात पारे ।
सोही समूहको दोस्रो खेलमा हेटौडा स्पोट्र्स एकेडेमीले स्याङ्जा क्रिकेट क्लबलाई ५ विकेटले हराएको छ । समूह चरणको प्रतिठानको खेलको रुपमा रहेको उक्त खेलमा हेटौडाले बाजी मारेको हो । १७७ रनको विजयी लक्ष्य पछ्याएको हेटौडाले १८.४ ओभरमा ५ विकेट गुमाउँदै १८० रन बनायो ।
हेटौडाको जितमा अकिलेश ठाकुरले ५२ रनको अविजित अर्धशतकीय पारी खेले । उनले २७ बलमा ६ चौका र ३ छक्का प्रहार गरे । राम नरेश गिरिले २० रनको अविजित पारी खेले । सुभ कंशाकरले ४२ रनको पारी खेल्दै क्याचआउट हुन पुगे । उनले २० बलमा ४ चौका, ४ छक्का प्रहार गरे । ओपनर गोकुल अधिकारी १७ रनमा आउट भए । युविन बुढाथोकीले ३० रन जोडे । उनले २८ बलमा ४ चौका प्रहार गरे । सुमन सुनार शुन्य र गौरभ खड्का ३ रनमा आउट भए ।
स्याङजाका लागि सुजन गौतमले २ तथा मिलन लुइटेल, सन्दिप खत्री क्षेत्री र अस्विनी रानाले समान १÷१ विकेट लिए ।
टस जितेर ब्याटिङ थालेको स्याङजा १९.५ ओभरमा १७६ रन बनाउँदै अलआउट हुन पुग्यो । ओपनर इश्वर क्षेत्री ९ रन बनाउँदै बोल्ड भए । करण पगेनी ११ रनमा क्याच आउट भए । सन्दिप क्षेत्रीले ७० रनको उत्कृष्ट पारी खेले । उनले ४३ बलको सामना गर्दै ५ चौका र ५ छक्का प्रहार गरे ।
दिपेश न्यौपाने २ रनमा एल्बीडब्लु आउट भए । सुजन गौतम १९ रनमा क्याचआउट भए । अस्विनी रानाले ४३ रनको योगदान दिए । उनले २१ बलमा ५ चौका र ३ छक्का प्रहार गरे । मिलन क्षेत्र ३, किरण भट्टराई ३, अभिषेक भट्टराई र मिलन लुइटेल शुन्यमै आउट भए ।
हेटौडाका असिम श्रेष्ठले ४ ओभरमा २७ रन खर्चेर सर्वाधिक ५ विकेट लिए । अकिलेश ठाकुरले २ तथा सांसद अलि मन्सुरी र रामनरेश गिरिले समान १÷१ विकेट लिए । समूह ‘ए’ बाट पोखरासहित स्याङजा र हेटौडा समेत बाहिरिएको छ ।
प्रतियोगिताको चौथो दिन भोलि समूह ‘बि’ तर्फ ग्रेट हिमालय क्रिकेट एकेडेमी र हिमालयन क्रिकेट एकेडेमी बिच पहिलो खेल हुने छ भने सोही समूह अन्तरगत गण्डकी हिरोज र चितवन क्रिकेट क्लब बिच दोस्रो खेल हुनेछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
-
जियो प्लेटफर्मको भारतकै ठुलो आइपीओ स्वीकृति
-
नेपाल क्रिकेट संघको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख सहयोग
-
आज अन्तर्राष्ट्रिय आणविक परीक्षणविरुद्धको दिवस मनाइँदै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।