- एपिएफको जितमा युवराज खड्काले गरेको गोल नै निर्णायक साबित भयो ।
बुटवल: विभागीय टोली एपिएफ क्लब २३औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिनजिक पुगेको छ ।
देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा एपिएफले संकटा क्लबलाई १–० ले हराउँदै फाइनलको यात्रा तय गरेको हो । एपिएफको जितमा युवराज खड्काले गरेको गोल नै निर्णायक साबित भयो ।
दुवै टोलीले निर्धारित ९० मिनेटको खेलमा केही उत्कृष्ट अवसर बुनेका थिए । तर, फिनिसिङमा चुक्दा गोल भने निकाल्न सकेनन् । त्यसपछि खेल बराबरी हुँदै टाइब्रेकर उन्मुख थियो । तर, थप गरिएको ६ मिनेटको इन्जुरी समयलाई युवराजले सफलतापूर्व सदुपयोग गर्दै खेल दोस्रोपल्ट टाइब्रेकरमा पुग्नबाट रोके ।
उनले ९४औं मिनेटमा सुजन पुलामीसँग उत्कृष्ट तालमेल मिलाएका थिए । उनको सर्ट पासलाई सुजनले एक्लैले पेनाल्टी बक्सनजिक पु¥याएर लामो प्रहार गरेका थिए । तर, उक्त प्रहार संकटाका गोलकिपर विशाल केसीले सही जर्जमेन्ट गरे पनि बचाउन सकेनन् ।
अनुभवमा कमी देखिएका विशालको हातबाट बल फुत्किएसँगै रिबाउन्डमा युवराजले गोल गरेका हुन् । योसँगै एपिएफको जित सुनिश्चित भयो । एपिएफले पहिलो क्वार्टरफाइनलमा आयोजक करेन्ट रुपन्देही–११ लाई १–० ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।
काठमाडौंमा सभापती कप जित्दै मोफसल ओर्लिएको संकटाले भने तेस्रो क्वार्टरफाइनलमा जर्जियन फुटबल क्लब, कालिम्पोङ भारतलाई ४–० ले हराउँदै एपिएफसँगको भेट पक्का गरेको थियो । तर, यो भेट संकटाका लागि सम्झनयोग्य रहेन र सेमिफाइनलबाट बाहिरियो । खेलको ‘म्यान अफ द म्याच’ युवराज नै घोषित भए र ११ हजार १११ रुपैयाँ हात पारे ।
योसँगै एपिएफले कम्तीमा ६ लाख, ६६ हजार, ६६६ रुपैयाँ पक्का गरिसकेको छ । अब एपिएफले उपाधिका लागि ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड र मच्छिन्द्र फुटबल क्लबबीचको विजेतासँग खेल्ने पक्का भएको छ ।
यी दुईबीचको दोस्रो सेमिफाइनल बिहीबार अपरान्ह्र ४ बजे हुने तय छ । बुटवल उपमहानगरपालिकाको संरक्षक तथा यशोदा फुड्स प्रालि र त्रिमुर्ति इण्डस्ट्रिज प्रालिको मुख्य प्रायोजक, प्रदेश खेलकुद परिषद् लुम्बिनी मुख्य सहयोगी संस्था रहेको प्रतियोगिताको २३औं संस्करणको विजेताले नगद १२ लाख १२ हजार २२२ रुपैयाँ प्राप्त गर्नेछन् ।
उपविजेता टिमले ६ लाख, ६६ हजार, ६६६ रुपैयाँ तथा विधागत उत्कृष्ट खेलाडीहरुलाई गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षकलाई नगद ३१ हजार र कप तथा सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर वा मोटरसाइकल उपहार तथा प्रत्येक दिनको ‘म्यान अफ दी म्याच’ लाई नगद ११ हजार १११ रुपैयाँबाट पुरस्कृत गरिने छ ।
यो संस्करणमा आयोजक करेन्ट रुपन्देही–११ सहित संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्वाइज युनाइटेड, नेपाल पुलिस क्लब, एपिएफ क्लब तथा दुई विदेशी टिमहरु एडोर्न गडवाल स्पोर्टिङ क्लब, जर्जियन एफसी गरि आठ टिमको प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिता चैत १६ गतेसम्म सञ्चालन हुनेछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।