ओलम्पिक कमिटी र मन्त्रालय आमने सामने, मन्त्री चौधरी आक्रमक
२०८१ चैत्र ३ आईतवार
- आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले गएको चैत्र १ गते कमिटीले पत्रकार सम्मेलन गरी नेपालको कानुन र अन्तर्राष्ट्रिय अभ्यास विपरित प्रस्तुत भएर गलत सूचना दिएको भन्दै त्यसमा आधारित भइ कुनै धारणा नबनाउन अनुरोध गरे ।
काठमामाडौं :युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल ओलम्पिक कमिटीले सरकार र खेलकुद परिषद्माथि निराधार आरोप लगाएको भन्दै आपत्ति जनाएका छन् ।
आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले गएको चैत्र १ गते कमिटीले पत्रकार सम्मेलन गरी नेपालको कानुन र अन्तर्राष्ट्रिय अभ्यास विपरित प्रस्तुत भएर गलत सूचना दिएको भन्दै त्यसमा आधारित भइ कुनै धारणा नबनाउन अनुरोध गरे ।
उनल्े भने,‘नेपाल ओलम्पिक कमिटीले गएको चैत्र १ गते शुक्रबार केही खेल संघका पदाधिकारीहरुलाई संलग्न गराइ पत्रकार सम्मेलनको आयोजना गरेकोमा गम्भीर ध्यानाकर्षण भएको छ । उक्त सम्मेलनमा मन्त्रालय र खेलकुद परिषद्माथि लगाएको निराधार आरोपको पूर्ण रुपमा खण्डन गर्छु । साथै यस्तो गलत सूचनामा आधारित भइ कुनै धारणा नबनाउन अनुरोध गर्छु । नेपालको कानुन र अन्तर्राष्ट्रिय अभ्यास विपरित उक्त सम्मेलनमा आफूहरुलाई नेपाल ओलम्पिक कमिटीको पदाधिकारी हौं भन्दै दाबी गर्नेहरुमाथि गैरकानुनी विषयलाई कानुनको परिधिमा आत्मासाथ गर्नुपर्ने हुन्छ ।’
सम्मेलनमा कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सरकारले वैदेशिक यात्रामा जान लागेका एनओसीका पदाधिकारीलाई विमानस्थलमै रोक्ने काम गरेर सामान्य नागरिकको नैसर्गिक अधिकारलाई रोक्ने र धरपकट गर्ने काम गरेको आरोप लगाएका थिए ।
मन्त्री चौधरीले कमिटीको चार वर्षे कार्यकाल २०८० भाद्र १९ गते समाप्त भएतापनि निर्वाचन नगरेको र चार महिनापछि पौष १५ गते साधारणसभा बोलाएर आफ्नो कार्यकाल करिब एक वर्ष चार महिना थप गर्ने कमिटीको विधानविपरीत नीतिगत निर्णय गरेर भ्रम सृजना गर्ने काम गरेको पनि बताए ।
उनले भने,‘कमिटीको अन्तिम निर्वाचन २०७६ भाद्र २० गते भएको र चार वर्षे कार्यकाल २०८० भाद्र १९ गते समाप्त भएतापनि निर्वाचन नगरेको र आफ्नो कार्यकाल समाप्त भइसकेको चार महिनापछि पौष १५ गते साधारणसभा बोलाएर आफ्नो कार्यकाल करिब एक वर्ष चार महिना थप गर्ने नीतिगत निर्णय गरी कमिटीको विधानविपरीत रहेको जानकारी हुँदाहुँदै भ्रम सृजना गर्ने विषयमा सरकारको ध्यान पुगेको छ ।’
त्यस्तै उनले ०८१ साल पौष १३ गते निर्वाचन मिति तयगरीएकोमा विधानको दफा २५ र १ मा उल्लेख भएको अवस्थामा संशोधन गर्दै अध्यक्षको कार्यकाल लगाएर दुइपटकसम्म हुने व्यवस्था संशोधन गरेर आफू अनुकुल लगातार पुन अध्यक्ष रहीरहने गरी विधानको भावनाविपरीत संशोधन गर्ने काम गरिएको बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।