चारदेशीय टी–२० आई सिरिजमा नामिबियासँग नेपाल पराजित

२०८१ फागुन २७ मंगलवार
सारांश
  • युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा आफ्नो चौथो खेलमा टस जितेर पहिला फिल्डिङ गरेको नेपालले नामिबियासँग २३ रनले हार बेहोरेको हो ।


काठमाडौं : युगाण्डामा जारी चारदेशीय टी–२० आई सिरिजमा नेपाल नामिबियासँग पराजित  भएको छ । 


युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा आफ्नो चौथो खेलमा टस जितेर पहिला फिल्डिङ गरेको नेपालले नामिबियासँग २३ रनले हार बेहोरेको हो । 


नेपालले नामिबियाले दिएको १२६ रनको लक्ष्य पछ्याउदै १०२ रनमात्र जोड्न सक्यो । जारी सिरिजबाट राष्ट्रिय टोलीमा डेब्यू गरेकी सानाले नेपालका लागि साना प्रवीणले ३१ रन बनाइन् । यसैगरी कप्तान इन्दु बर्मा १५, पुजा महतो १५, ओपनर सम्झना खड्का २, रुविना क्षेत्री ७, कविता जोशी १७ र ममता चौधरी ८ रनमा अविजित रहिन् । 


बलिङमा नेपालकी ईश्वरी विष्टले सर्वाधिक ३ विकेट लिइन् । रचनाकुमारी चौधरीले २, रिया शर्मा र कप्तान इन्दु बर्माले एकएक विकेट झारे । युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२५ रन बनाएको थियो । 


जारी खेलमा नामिबियाकी यास्मीन खानले सर्वाधिक ४५ रन बनाइन् ।  बलिङमा नामिबियाकी एभलिन केजारुकुआले सर्वाधिक २ विकेट लिएकी छन् ।


त्यसअघिको दुई खेलमा पनि नेपाल पराजय भएको थियो । आफ्नो पहिलो खेलमा नेपाल नामिबियासँग ६ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा युगान्डालाई एक विकेटले हराएको नेपाल तेस्रो खेलमा हङकङसँग २ रनले पराजित भएको थियो । यो सँगै नेपालको तेस्रो हार हो । 
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार