शहिद स्मारक बी डिभिजिन लिगको तयारी पूरा

२०८१ फागुन २३ शुक्रवार
सारांश
  • शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी (एन्फा) ले शनिबारदेखि दशरथ रंगशालामा शहिद स्मारक बी डिभिजिन लिग २०८१ को सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।

काठमाडौं :अखिल नेपाल फुटबल संघले भोली (शनिबार)देखि सुरु हुने शहिद स्मारक बी डिभिजिन लिग २०८१ को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । 


शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी (एन्फा) ले शनिबारदेखि दशरथ रंगशालामा शहिद स्मारक बी डिभिजिन लिग २०८१ को सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । 


एन्फाका अनुसार प्रतियोगितामा सिहगल राउन्ड रोबिनका आधारमा कुल ९१ वटा खेलहरु संचालन हुनेछन् । प्रतियोगिताको खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा र सातदोबाटोस्थित एन्फा कम्प्लेक्स सातदोबाटोमा खेलाइनेछ ।


प्रतियोगितामा देशभरका १४ करवहर– आरसिटी, श्री भगवती क्लव, तुसाल युथ क्लब, ब्रिगेड व्वाइज करब, ब्वाइज यूनियन क्लव, मध्यपुर युथ करब, च्यासल युथ कनव, श्री कुमारी क्लव, बांसवारी करव, नयाँ बस्ती युद्ध करब, सरस्वती युथ क्लव, विरगंज युनाइटेड क्लव, झापा फुटवल क्लब र प्लानिङ्ग व्याइज युनाइटेडको सहभागिता रहनेछ ।


एन्फाले यस प्रतियोगिताको लागि सम्पूर्ण तयारीहरु पुरा गरिसकेको छ । प्रतियोगिताको मार्केटिङ्ग, टिकेटिङ्ग र वोडकास्टिङ्ग अधिकार ःम्ब्ऋ क्उयचतक लाई प्रदान गरिसकिएको छ । प्रतिगोगिताको टिकट दर दशरथ रंगशालामा सामान्य पारापिटतर्फ रु १०० र भीआइपी पारापिटतर्फ रु ३०० तय गरिएको छ । त्यस्तै एन्फा कम्प्लेक्स सातदोबाटोमा सामान्य पारापिटतर्फ रु १०० कायम गरिएको एन्फाले जानकारी दिएको छ ।


प्रतियोगितामा प्रथम पुरस्कार रु १५ लाख, द्वितीय पुरस्कार रु १० लाख, तृतीय पुरस्कार रु ५ लाख फेयर प्ले टिम रु १ लाख, उत्कृष्ट खेलाडी रु १ लाख,उत्कृष्ट गोलकिपर रु ५०,०००,सर्वाधिक गोलकर्ताः रु ५०,०००र प्लेअर अफ द म्याच ७,५०० रहेको छ । 


एन्फाका अनुसार प्रतियोगिताको सबै खेलमा विजयी टोलीलाई थप रु २५ हजार र खेल बराबरी भएको खण्डमा दुवै टिमलाई रु १० हजार प्रदान गरिनेछ । प्रतियोगिताको कुल बजेट रु ३,९३०१,८१३ रहेको छ ।

 

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार