नेपाल र चीनको युवा टोलीबीचको मैत्रीपूर्ण फुटबलको तयारी पूरा

२०८१ फागुन २ गते शुक्रवार
सारांश
  • शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै खेलको तयारी पूरा भएको जानकारी गराइएको हो ।

काठमाडौं :भोलि(शनिबार)बाट हुने काठमाडौंमा नेपाली युवा टोली र चीनको युनान युवा टोलीको बीचमा मैत्रीपूर्ण फुटबल खेलको तयारी पूरा भएको छ ।


शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै खेलको तयारी पूरा भएको जानकारी गराइएको हो । 


पत्रकार सम्मेलनमा कोच राजेश शाहीले युवा टोलीले धेरै राम्रो खेल प्रदर्शन गरेर यो भन्दा माथि आफूलाई अपग्रेड गर्ने विश्वास व्यक्त गरे ।   


उनले भने,‘हाम्रो युवा टोली हुनुहुन्छ । युवा टोलीले धेरै राम्रो खेल प्रदर्शन गरेर योभन्दा माथि आफूलाई अपग्रेड गर्नुहुनेछ भन्ने विश्वास व्यक्त गर्दछु ।’


चिनियाँ नयाँ वर्षको अवसरमा अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना र चिनियाँ दूतावासको सहयोगमा मैत्रीपूर्ण फुटबल खेलको आयोजना हुन लागेको हो ।


आयोजकका अनुसार यस खेलको प्रविधिक पक्षको सबै जिम्मेवारी एन्फाको रहने छ भने खेलसम्बन्धी मार्केटिङ, ब्रोडकास्टिङ, टिकेटिङलगायतका अन्य जिम्मेवारी चिनियाँ दूतावासको रहने छ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार