- उपाधी संगै विजेता टिमले नगद ५० हजार तथा दोस्रो हुने टिमले २५ हजार प्राप्त गरेको थियो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आशिष कपाली घोषित भएका थिए ।
काठमाडौं : लायन्स गभर्नर्स कप फुटसल प्रतियोगितामा ३२ टिम सहभागी भएका छन् । कुपन स्पोर्ट्स सेन्टरमा मंगलबार सम्पन्न फाइनल खेलमा डिष्ट्रिक डि ले डिष्ट्रिक इ लाई ० का विरुद्ध १ गोलले पराजित गर्दै उपाधी हात पारेको हो ।
उपाधी संगै विजेता टिमले नगद ५० हजार तथा दोस्रो हुने टिमले २५ हजार प्राप्त गरेको थियो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आशिष कपाली घोषित भएका थिए ।
लायन्स क्लब इन्टरनेशनल, मल्टिपल डिस्ट्रिक ३२५, डिस्ट्रिक ३२५ जीको आयोजनामा भएको फुटसल प्रतियोगिता गत फेब्रुअरी १ देखि ४ तारिखसम्म कुपन फुटसल सेन्टरमा सञ्चालन भएको थियो । बाल क्यान्सरविरुद्ध हाम्रो गोल भन्ने नारासहित सुरुवात भएको प्रतियोगितामा विभिन्न डिष्ट्रिक अन्र्तगतका ३२ क्लबहरुको सहभागी रहेको थियो ।
विजेताहरुलाई लायन्स इन्टरनेसनल ३२५ मल्टिपल अन्र्तगत ३२५ जि का गर्भनर डा.कलम कायस्थ, मल्टी क्याउनसिल चियर रमेश लामा, पूर्व चियरहरु केशव पाण्डे, कयाम उद्धिन, अन्नत भेटवाल, उत्तम झा, गर्भनर इ का रमेश बस्नेत, लगायतका लायन्स अभियन्ताहरुले पुरस्कार वितरण गरेका थिए ।
फुटसल प्रतियोगिताका संयोजक, चार्टर पे्रसिडेन्ट तथा जोन चियरपर्सन दामोदर भट्टराईले बताए ।
खेल तालिका सार्वजनिक कार्यक्रममा डिस्ट्रिक ३२५ जीका गभर्नर डा. कमल बहादुर कायस्थले फुटसल प्रतियोगिताको उद्देश्यका बारेमा प्रकाश पार्दै सबै लायन्स सदस्यहरुलाई खेलमा सहभागी हुन र सम्पूर्ण सामाजिक अभियन्ताहरुलाई बाल क्यान्सर सचेतनामा हातेमालो गर्न आह्वान समेत गरेका छन् ।
अन्तर्राष्ट्रिय क्यान्सर दिवसका अवसरमा आयोजित सो समापन समरोहमा पारा ओलम्पिक प्रशिक्ष कविराज लामा तथा अनुप्रस्थ ब्याण्डका गायन निरन शाही लाई सम्मानित समेत गरिएको थियो । लायन्स इन्टरनेसनल मार्फत हुने समाजिक कार्यहरुलाई खेलकुद तर्फ जोड्नका लागि यो कार्यक्रमको आयोजना गरिएको प्रतियोगिता संयोजक एवम् लायन्स अभियन्ता दामोदर भट्टराई(बद्री)ले बताएका छन । आगामी वर्ष पनि यस कार्यक्रमलाई निरन्तरता दिने र लायन्स मार्फत खेलकुदका नविन पुस्तालाई सहयोग गर्ने वातावरणमा जुट्ने उनले बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।