त्रिकोणात्मक सिरिजमा आज नेपाल र नेदरल्याण्ड्स खेल्दै

२०८१ माघ २० गते आईतवार
सारांश
  • कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा खेल दिउँसो १२ः१५ बजे सुरु हुनेछ ।

काठमाडौं: महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको चौथो खेलमा आज नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुँदैछ ।


कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा खेल दिउँसो १२ः१५ बजे सुरु हुनेछ । 


यस सिरिजमा भने दुवै टोलीको यो तेस्रो खेल हो । नेपाल अझै पनि पहिलो जितको खोजीमा छ । नेदरल्याण्ड्स भने दोस्रो जितको खोजीमा छ । सिरिजको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्स र शनिबार थाइल्याण्डसँग पराजित भएको थियो ।


पहिलो खेलमा नेपाललाई पराजित गरेको नेदरल्याण्ड्स दोस्रो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो । दुवै टोली सिरिजमा दोस्रो पटक आमने सामने हुँदैछन् । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार