क्रिकेट खेलाडीहरुले नेपालको पहिचान स्थापित गरेका छन् : प्रथम राष्ट्रपति
२०८१ माघ ७ गते सोमवार
- ‘अन्तर्राष्ट्रिय अन्तर विश्वविद्यालय टि २० जय नेपाल कप’ क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै उनले नेपाली क्रिकेट खेलाडीहरुले नेपालको पहिचान स्थापित गरेको बताएका हुन् ।
काठमाडौं : नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादबले नेपाल पछिल्लो समय क्रिकेटमा उदाउँदै गइरहेको बताएका छन् ।
‘अन्तर्राष्ट्रिय अन्तर विश्वविद्यालय टि २० जय नेपाल कप’ क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै उनले नेपाली क्रिकेट खेलाडीहरुले नेपालको पहिचान स्थापित गरेको बताएका हुन् ।
उनले भने, ‘पछिल्लो दुई दशकदेखि नेपालले क्रिकेटको क्षेत्रमा उदाउँदै गरेको देशको पहिचान, आस्था स्थापित गर्न सफल भएको छ । क्रिकेटले मानिसहरुको संस्कृति, विचार र विभिन्न क्षेत्रको विविधताले जोड्ने कडिको रुपमा काम गर्न सहज गरेको छ ।’
साथै उनले क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा सम्बन्ध बनाउन मद्दत पुर्याएको बताए । क्रिकेटले देशको पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने र अनुशासित युवा शक्तिको विकासद्वारा समृद्ध नेपालको निर्माण हुने विश्वास उनले लिए ।
कार्यक्रममा नेपाल विद्यार्थी संघका अध्यक्ष डुजाङ शेर्पाले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि सन्देश फैलाउन, संस्कृति र विद्यार्थीहरुको प्रतिभा प्रोत्साहन गर्नका लागि प्रतियोगिताले सन्देश प्रवाह गर्ने बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
-
जियो प्लेटफर्मको भारतकै ठुलो आइपीओ स्वीकृति
-
नेपाल क्रिकेट संघको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख सहयोग
-
आज अन्तर्राष्ट्रिय आणविक परीक्षणविरुद्धको दिवस मनाइँदै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।