सन्दीप लामिछानेले लेखे भावुक स्टाटस

२०८१ माघ ६ गते आईतबार
सारांश
  • लामिछानेले गएराति सामाजिक सञ्जालमा भावुक स्टाटस लेखेका छन् ।

काठमाडौं: नेपाली किक्रेटर सन्दीप लामिछानेको फेसबुक पोष्टले यतिवेला आम खेलप्रेमीबीचमा कौतुहलता ल्याएको छ । मध्यराति आफ्नो आधिकारिक फेसबुक पेजमा एक पोस्ट लेख्दै उनले सबैप्रति धन्यवाद व्यक्त गरेका छन् ।


लामिछानेले गएराति सामाजिक सञ्जालमा भावुक स्टाटस लेखेका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा लेगस्पीनर लामिछानेले गएराति ११ बजे सामाजिक सञ्जालमा गरेको पोस्टले यतिबेला धेरैको ध्यान तानेको छ ।  


लामिछानेले लेखेका छन्, ‘यी सबै कुराको लागि सबैजनालाई धन्यवाद । यो देश र यहाँका क्रिकेट समर्थकहरुले सधैँ मेरो समर्थन गर्दै मेरो यात्रामा निरन्तर साथ दिनुभएको छ । तपाईँहरुको यो माया र हौसला मेरा लागि सबथोक हो । जसले सधैँभरि मेरो हृदयमा विशेष स्थान बनाइरहनेछ ।’

अंग्रेजी भाषामा सामाजिक सञ्जालमा गरिएको पोस्टमा उनले नेपालका आफ्ना समर्थकहरूप्रति कृतज्ञता प्रकट गरेका छन् । कतिपयले यसलाई सन्दीपले खेलबाट सन्यास लिन लागेको अड्कलबाजी पनि लगाएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार