दोस्रो बागमती प्रदेश लिग फुटबल प्रतियोगिता अन्तर्गत आज दुई खेल हुदैँ

२०८१ पुष १२ गते शुक्रवार
सारांश
  • प्रतियोगिता १२ः३० बजे सुरु हुनेछ भने ३ बजे हुने दोस्रो खेलमा काभ्रेको माउण्ट एभरेष्ट एफसी र चितवनको भक्तपुर फुटबल क्लबबीच प्रतिस्पर्धा हुदैँछ ।

मकवानपुर: मकवानपुरको हेटौंडामा जारी दोस्रो बागमती प्रदेश लिग फुटबल प्रतियोगिता अन्तर्गत आज हुने पहिलो खेलमा धादिङको धुनिवासी युवा समाज र मकवानपुरको पदमपोखरी युथ क्लबबीच प्रतिस्पर्धा हुदैँछ ।

 

प्रतियोगिता १२ः३० बजे सुरु हुनेछ भने ३ बजे हुने दोस्रो खेलमा काभ्रेको माउण्ट एभरेष्ट एफसी र चितवनको भक्तपुर फुटबल क्लबबीच प्रतिस्पर्धा हुदैँछ ।

 

बिहीबार भएका खेलमा दोलखा र सिन्धुलीले जित हात पारेका थिए । हेटौंडा–५, स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको पहिलो खेलमा दोलखाको टाइगर टिमले नुवाकोटको बटार युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्यो । 

 

दोलखाका लागि सुजन माझी र संग्राम श्रेष्ठले गोल गरे भने किशोर पण्डितले पेनाल्टी मार्फत एक मात्र गोल गरेका थिए ।

 

खेलको म्यान अफ द म्याच दोलखाका सुजन माझी घोषित भएका भए । उनले पुरस्कार वापत नगद ३ हजार रुपैयाँ र ट्रफी प्राप्त गरे ।

 

त्यस्तै दोस्रो खेलमा सिन्धुलीको ब्लु अल्पाईन क्लबले भक्तपुरको थिमी युथ क्लबलाई ३–० गोल अन्तरले पराजित गरेको छ । सिन्धुलीको जीतमा सञ्जिव धामी, समिर धामी र रवी महतराले गोल गरे । खेलको म्यान अफ द म्याच सिन्धुलीका रवि महतरा घोषित भए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार