क्यानडा एचपीविरूद्धको श्रृङखला नेपालले जित्यो, अन्तिम खेलमा कुशल र करणको उत्कृष्ट प्रदर्शन

२०८१ असोज २२, मंगलबार
सारांश
  • क्यानडा एचपीविरूद्धको ३ म्याचको श्रृंखला नेपालले जितेको छ । तेस्रो तथा अन्तिम खेलमा १० रनको जितसँगै श्रृंखला नेपालको पोल्टामा आएको हो ।

काठमाडौं । क्यानडा एचपीविरूद्धको ३ म्याचको श्रृंखला नेपालले जितेको छ । तेस्रो तथा अन्तिम खेलमा १० रनको जितसँगै श्रृंखला नेपालको पोल्टामा आएको हो ।

 

यस श्रृङखलामा नेपालले कप्तान रोहितकुमार पौडेलसहित केही मुख्य खेलाडीलाई विश्राम दिएको छ । पहिलो खेलमा तीन विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा २० रनले विजयी बनेको थियो । तेस्रो खेल पनि जितेपछि नेपालले श्रृंखला २-१ ले जितेको हो ।

 

तेस्रो खेलमा नेपालले ४८.३ ओभरमा सबै विकेट गुमाएर १८७ रनको सामान्य योगफल बनाएको थियोे । नेपालका लागि कसशल धुर्तेलले अर्धशतक बनाए । श्रृखलामा नेपाली ब्याट्सम्यानको यो पहिलो अर्धशतक हो । कुशल ५२ रन बनाएर आउट भएका थिए ।

मध्यक्रममा आरिफ शेखले ४० रन बनाए भने खेलमा कप्तानी गरेका सोमपाल कामी २७ रन जोड्न सफल भए ।

 

दोस्रो इनिङमा करण केसीले उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिएपछि क्यानाडा एचपी १७७ रनमै अलआउट भयो । क्यानडाका लागि अलि नदिमले ५० रनको उत्कृष्ट पारी खेले पनि यो पर्याप्त भएन ।

 

क्यानडाबाट नेपाली टीम अमेरिका जाने छ । अमेरिकामा लिग २ अन्तरगत नेपाल, अमेरिका र स्कटल्याण्डबीच त्रिकोणात्मक सिरिज हुनेछ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार