क्यानडाको दोस्रो रोजाईको टीमसँग पनि नेपाल पराजित

२०८१ असोज १९ गते, शनिबार
सारांश
  • आइसिसि लिग–२ अन्तर्गतको सिरिजमा ओमन–क्यानडाविरुद्धको सिरिजमा नेपाल जितविहीन हुन पुग्यो । त्यसपछि त्रिकोणात्मक टि–२० सिरिजमा पनि नेपाल खास प्रदर्शन गर्न सकेन ।

काठमाडौं । क्यानडा भैरहेको क्रिकेटमा नेपाली टोलीले एकपछि अर्को खराब प्रदर्शन गरिरहेको छ ।

आइसिसि लिग–२ अन्तर्गतको सिरिजमा ओमन–क्यानडाविरुद्धको सिरिजमा नेपाल जितविहीन हुन पुग्यो । त्यसपछि त्रिकोणात्मक टि–२० सिरिजमा पनि नेपाल खास प्रदर्शन गर्न सकेन ।

 

अहिले नेपालले क्यानडाको दोस्रो रोजाईको टोलीसँग एकदिवसिय सिरिज खेलिरहेको छ । क्यानडाको हाइ प्रफर्मेन्ससँग ३ खेलको सिरिज खेलेको नेपालले पहिलो खेलमै हार बेहोर्नुपर्‍यो ।

 

उक्त खेलमा पनि नेपाल ब्याटिङ चल्न सकेन । हाइ प्रफर्मेन्सविरुद्ध नेपाल ३६ ओभर ५ बलमा १४३ रनमा समेटिन पुग्यो । अनिलकुमार शाहले ३४, अर्जुन साउद ३३, आरिफ शेख २३ र कुशल भुर्तेलले २५ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । ७४ रनमा पहिलो विकेट गुमाएको नेपालले त्यसपछि भने क्रमशः विकेट गुमाउँदै गयो । हाइ प्रफर्मेन्सका शाहिद अहमादजाई एक्लैले ५ विकेट लिए ।

 

जवाफी ब्याटिङ गरेको हाइ प्रफर्मेन्सले ३९ ओभरमा ४ बलमा ७ विकेट गुमाएर लक्ष्य भेट्टायो । हाइ प्रफर्मेन्सका युवराज शम्राले सर्वाधिक ४४ रन जोडे । नेपालका अनिलकुमार शाहले सर्वाधिक ४ विकेट लिए ।

 

हाइ प्रफर्मेन्ससँग नेपालका सोमपाल कामीले कप्तानी गरेका थिए । नियमित कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, करण केसी, आसिफ शेखलाई उक्त खेलमा विश्राम दिइएको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार