एक महिनासम्म मनाइने गुंला पर्व आजदेखि शुरु

२८ श्रावण, २०८३, बिहिवार
सारांश
  • विशेषगरी नेवार समुदायले मनाउने गुंला पर्वमा बिहान स्वयम्भु भगवानको दर्शन गर्न जाने परम्परा रहिआएको छ ।

काठमाडौँ: एक महिनासम्म विशेष तरिकाले मनाइने गुंला पर्व बिधिबत रुपमा शुरु भएको छ । नेपाल संवत् तिथि अनुसार आजबाट एक महिनासम्म बुद्धको उपासना गरी विभिन्न चैत्य तथा बौद्ध बिहार परिक्रमा गरी नामसंगीति पाठ गरि यो पर्व मनाइन्छ । नेपाल संवत् तिथि अनुसार गुंला एउटा महत्वपूर्ण महिना हो ।

 

नेवारी भाषामा 'ला' को अर्थ महिना र 'गुं' को अर्थ पहाड र जङ्ल भन्ने हुन्छ । विक्रम संवत् अनुसार साउन शुक्लपक्ष प्रतिपदा देखि भाद्र शुक्लपक्ष प्रतिपदा सम्म एक महिनाको अवधि नै गुंला हो । बौद्ध धर्मालम्बीहरूले संगीतिक पाठ पुजा गरि चैत्य दर्शन गर्न जाने पुजा जात्रा (गुंला पर्व) आजदेखि सुरु भएको छ । एक महिना चल्ने पर्वमा बिहान, दिउँसो र बेलुका प्रत्येक बिहारमा बुद्ध भगवानको संगीतिक पाठ गर्ने परम्परा छ । 'गुंला' महिना भर उपत्यकाका मठमन्दिरहरुमा धाः घिमेः नगरा, नाय्खिं, दमखिं, दबदब, भृदङ्गा, पौ पिचा र क्वचा(खिं) जस्ता बाजा बजाई पूजा पाठ गर्ने चलन छ । 'गुंला' महिनाको पूर्णिमा लाखय् नाच देखाउने परम्परा छ । विशेषगरी नेवार समुदायले मनाउने गुंला पर्वमा बिहान स्वयम्भु भगवानको दर्शन गर्न जाने परम्परा रहिआएको छ ।

 

यस अवधिमा धा बाजा, म्वायेली, नेकू बाजा लगायतको विशेष महत्व छ । गुंला पर्व अवधिको एक महिना मासु, अण्डा, प्याज लगायतका खाद्य बस्तुबाट टाढा बसी दैनिक नुहाएर शुद्ध हुनुपर्ने चलन छ । विशेषगरी काठमाडौंका नेवार समुदायले प्रत्येक दिन मौलिक बाजा बजाएर स्वयम्भू महाचैत्य परिक्रमा गर्छन् ।

 

सांगीतिक माहोल बनाएर प्रत्येक दिन बिहान चैत्य तथा गुम्बा, परिक्रमा गरिँदा पापबाट मुक्ति पाउने विश्वास अनुसार एकमहिना अवधिको पर्व मनाएको बताइन्छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार